म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा आयोजित दोस्रो रिभरसाईड सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता वान्टेड समुहको पोल्टामा परेको छ ।

रिभरसाईड बगरफाँट युवा क्लवले अयाोजना गरेको प्रतियोगिताको फाइनलमा वान्टेडको ए समुहले बि समुहलाई १ का बिरुद्ध २ गोल प्रहार गर्दै उपाधि जितेको हो ।

एउटै क्लवका दुई टिम बिचको खेलसँगै पहिलो र दोस्रो पुरस्कार क्रमश १ लाख १ हजार १० नगद, द्धितीय पुरस्कार ५० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका विजेतालाई वडा अध्यक्ष यामबहादुर कार्की सहित स्थानीय राजनीतिक दलका प्रतिनिधि सहितको उपस्थितीमा पुरस्कार वितरण गरिएको थियो । असोज १७ देखि २० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा ३४ टिमको सहभागि रहेको सहसचिव सचिन कार्कीले जानकारी दिए ।

प्रतियोगिताको समापनमा क्लवका अध्यक्ष सुनिल थापाले आगामी दिनमा खेलकुदसँगै सामाजिक एवम् मानवीय सेवा स्थानीयस्तरमा हुने विभिन्न कार्यहरु गरिने बताए । पछिल्लो समय बगरफाँटका युवाहरु संगठित भै खेलकुदका साथै अन्य सामाजिक,गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक कामहरुमा लागेका छन् ।

Leave a Reply