चाडपर्वको बेलामा दैनिक उपभोग्य वस्तुहरुको कृतिम अभाव गराएर महंगी बढाइएको भन्दै नेकपा एमाले निकट अनेरास्ववियु म्याग्दीले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।

चाडपर्वमा बजारमा दैनिक उपभोग्य खाद्यान्नहरुको अभाव,यात्रुलाई महंगो भाडादर लिने, क्षमताभन्दा बढी यात्रु बोक्ने जस्ता कार्यहरु गरिएको भन्दै पत्र मार्फत गम्भीर रुपमा ध्यानाकर्षण गराएको अनेरास्ववियूका सचिव खुमबहादुर किसानको भनाई छ ।

अनेरास्ववियूका अध्यक्ष मिलन खत्रीद्धारा जारी विज्ञप्तीमा चाडपर्वहरुलाई लक्षित गरी हुन सक्ने महङ्गी, कालोबजारी र कृत्रिम अभाव हुन नदिन, यात्रुहरुको तिब्र आवतजावतलाई मध्य नजर गर्दै यातायातका साधनहरु समय–समयमा छोडन र साबिकको सिन्डिकेट हटाउन, जिल्लाका विभिन्न स्थानहरुमा आवतजावत गर्ने यात्रुहरुबाट चाड पर्वको मौका छोपी चरम रुपमा मनोमानी ढङ्गले भाडा असुल गरिरहेकोले यि क्षेत्रको अनुगमन नियमन गरी बैज्ञानिक भाडादर कायम गर्न, बजार अनुगमन गर्न आग्रह गर्दै, र चाडपर्वको समयमा हुनसक्ने सम्भाबित सुरुक्षाका चुनौतीहरुलाई मध्यनजर गर्दै सबै क्षेत्रमा सुरुक्षा निकायले गम्भीरतापूर्वक निगरानी राख्न तथा सुरक्षा गर्न गराउन माग गरिएको छ ।

‘महंगीको बारेमा जति नै कुरा गरेपनि यसलाई नियन्त्रण गर्न सकेन । जनतालाई निकै सास्ती भएको छ,गाडी चढेर घर जाँदा बाटोमा परेका खाल्डाहरु पनि मर्मत गर्न र सहज यात्राको वातावरण बनाउन समेत विद्यार्थीले माग गरेका छन् । महंगी र अभावलाई हटाउन म्याग्दीमा सरकारी संयन्त्रबाट ध्यानै पुग्न सकेको छैन । जिल्लाका सरकारी निकायले अनुगमन गर्नुपर्नेतर्फ चासो देखाउने गरेका छैनन् ।

Leave a Reply