नेपाली कीर्तिमानी आरोही निर्मल पुर्जा र प्रख्यात आरोहीहरूबाट सञ्चालित विश्वस्तरीय आरोहण कम्पनी दि इलाइट एक्सपीडकाविरुद्ध पेशेवर रूपमै अनर्गल प्रचार गरेको भन्दै पीडितले प्रेस काउन्सिलमा उजुरी दर्ता गरेको छ ।

भारतीय लगानीको अंग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’ ले आरोही पुर्जा र इलाइट एक्सपीडको अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्ठा गिराउने नियोजित उद्देश्यले मिडिया प्लेटफर्मको दुरुपयोग गरेको आरोप उजुरीमा लगाइएको छ ।

प्रेस काउन्सिलले उक्त पत्रिकालाई पटकपटक सचेत गराएर र दोस्रो पक्षको भनाइ समेत समेटेर आचारसंहिताभित्र रहन पत्राचार गरे पनि अटेर गरेको पाइएको छ ।

काउन्सिलले पछिल्लो पटक गत भदौ ११ गते विभिन्न अनुगमनका क्रममा एकपक्षीय समाचार सामग्री प्रसारण गरेको पाइएको भन्दै पत्र लेखेर खण्डन सम्प्रेषण गर्न भनेपनि अटेर गरेपछि उजुरी दिइएको इलाइट एक्सपीडका गोविन्द कटुवालले बताए ।

काउन्सिलबाट न्याय नपाए चरित्रहत्या र गाली बेइज्जतीको मुद्दा लिएर क्षतिपूर्तिको मागसहित अदालत जाने विषयमा कानूनी सल्लाह लिइरहेको कम्पनीले कम्पनीले जनाएको छ ।

यसैबीच नेपाल प्रेस काउन्सिलले एकपक्षीय सामग्री सम्प्रेषण गरेको भन्दै कारवाही प्रक्रिया अघि बढाएको छ ।काउन्सिलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कीर्तिमानी आरोही पुर्जाको नामसँग जोडर गरेको एकपक्षीय समाचार सम्प्रेषणको अनुसन्धान गर्न तीन सदस्यीय कार्यदल नै गठन गरेको छ ।

काउन्सिलले भनेको छ– इलाइट हिमालयन एडभेन्चर्स प्रालि र निर्मल पुर्जा ‘निम्स दाइ’ को नामसँग जोडेर विभिन्न मितिमा पटक पटक एकपक्षीय सामग्री सम्प्रेषण गरेको भनी दर्ता भएको उजुरीका सम्बन्धमा थप अध्ययन अनुसन्धान गर्नुपर्ने काउन्सिलका सदस्य ठाकुरप्रसाद बेल्बासेको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यतामा रहेको आचारसंहिता अनुगमन उपसमितिको शुक्रबार बसेको बैठकले उक्त कार्यदलबारे निर्णय गरेको हो ।

Leave a Reply