म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारका ६० बर्षिय कालु परियारको आगलागीबाट ज्यान गएको छ। शिखको हिलादेमा नरबहादुर विकको घरमा खाना खाएर भान्सा कोठामा सुतिरहेको अवस्थामा अचानक आगलागीबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बेनीअनलाइनलाई बताउनुभयो ।
आगलागीबाट भान्साकोठा समेत पूर्णरुपमा जलेर नष्ट भएको छ भने घटनास्थलमा सूचना अधिकारी समेत रहनुभएका रायमाझीको कमाण्डमा पुगेर घटनाको अनुसन्धान गरी शब पोष्टमार्टमका लागि बेनी अस्पतालमा ल्याइएको छ । सुतिरहेको अवस्थामा आगलागी भएको बताइएकाले आगोलागीको कारण नखुलेको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply