‘पूरा जीवन एक अनुभव हो। तिमी जति प्रयोग गर्छौ उति नै यसलाई उत्कृष्ट बनाउन सक्छौ ।’ – राल्फ वाल्डो समर्सन
नविन जुग्जाली
सबै कोइला हिरा बन्दैन । जुनकोइलाअसाध्यताप र चाप सहेर विषम परिस्थितिबाट अगाडि गुज्रिएको हुन्छ वास्तवमात्यस्ताकोइलाहरु नै कालान्तरमा हिरा बनेको हुन्छ ।
अर्थात् जुन व्यक्तिले जीवनमा मिठा नमिठा, राम्रो नराम्रो, सफल असफलता, सुखदुःखजस्ता अनुभवहरुबाट रत्तिभर विचलितनभई निरन्तर आफ्नो प्रगतिपथमाहोमिएर लक्ष्य र उद्देश्यको उकालो यात्रा चढिरहेका हुन्छन्, त्यस्ता व्यक्तिहरुले नै एकदिनशिखर चुम्न सफल हुन्छन् । अनि आफूलाई हिरोको दर्जामा उचाल्न सफल हुन्छन् । यस्तै हुन्, रेशमबहादुर जुग्जाली
यस्तै हिरो हुन्, रेशमबहादुर जुग्जाली । एक जना ज्ञानी पुरुषलाई अर्को सम्राटले एउटा रुख ढाल्न फलामको घन हातमाथमाइदियो र सम्राटले ज्ञानीलाई भन्यो, यो रुख ढाल्नुहोस् । अनि ज्ञानी पुरुषले भन्यो, उसो भएमलाई नौघण्टाको समय दिनुहोस् किनकी छ घण्टाको समय लगाएर म यो फलामको घनलाई तिखारेर बन्चरो बनाउनेछु बाँकीतीन घण्टामा मैंले रुख ढाल्नेछु ।
यस कथाको सन्देश के हो भने जुनव्यक्तिले अनुभवको कसीमाआफूलाई राखेर तिखार्न सक्छ, त्यो व्यक्तिबन्चरो जस्तै धारिलो बन्न सक्छ अर्थात् शक्तिशाली बन्न सक्छ । जुन फलाममा आगोमा गल्न सक्छ, त्यो फलाम अमूल्य हतियार बन्न सक्छ । जुन सुन आगोमा पग्लिनमन्जुर हुन्छ, त्यो सुनले मात्रै गहनाबन्ने सौभाग्य पाउँछ । हाम्रो समाजका यस्तै एक अमूल्य एवम् असाधारण गहना हुन् रेशमजुग्जाली (सुविन) ।
उहाँको जन्मपिता खड्कबहादुर जुग्जालीतथामातालिलावतीजुग्जालीको कोखबाटमाइलापुत्रको रुपमावि.सं. २०४० सालश्रावण महिनाको २२ गतेको दिनमामालिकागाउँपालिका७ बिम तल्लो गाउँमा भएको हो ।
‘हुने बिरुवाको चिल्लो पात’भनेझैं सानै उमेरदेखि नै निडर, हक्की, प्रगतिशील स्वभावकाजुग्जालीकोहाई स्कुलको पढाई पनिउत्तिकै राम्रो थियो । यसरी तीक्ष्ण बुद्धिको पढाई हुँदाहुँदै पनिएका एक जुग्जालीले आफ्नो अथाह उर्जालाई राजनीतिमालगाउने विचार गरी कक्षा १० को अध्ययनलाई बीचैमा चटक्क छोडी राजनीतिमालाग्ने निर्णय लिएर राजनैतिक यात्रामा होमिए ।
देशको राजनैतिकअवस्थाजनमुखीथिएन । विभिन्ननामको व्यवस्था फेरिँदै थियो तर देश र जनताको अवस्थाउस्तै थियो । अर्थात् रक्सी पुरानै थियो बोतलमात्र नयाँ थियो ।
देशको यो राजनीतिक अवस्थालाई देखेर वि.सं. २०५६ सालबाट इतिहास बदल्ने संकल्प सहितमा ओवादीदर्शन र चिन्तनमाप्रवेश गरेकाजुग्जाली अनेरास्ववियू (क्रान्तिकारी) श्री किसानीमाध्यमिकविद्यालयइकाई सदस्यहुँदै संगठित भएको र २०५७मा अखिल क्रान्तिकारीको जिल्ला सदस्यमा मनोनित भएका थिए ।
वि.सं. २०५८ असोजमा सम्पन्नजिल्ला सम्मेलनबाट जिल्ला सचिवमानिर्वाचितहुँदै २०५८ मंसिरमा नेकपामाओवादी पार्टीको सदस्यभएकाथिए । वि.सं. २०५८ सालमंसिरमा देशमा संकटकाल घोषणा भएपछि भूमिगत राजनीति शुरु गरेकाजुग्जालीले वि.सं. २०५९ सालमा नेकपामाओवादी पार्टीको इलाका कमिटि सेक्रेटेरी, वि.सं. २०६० सालमाजिल्ला सदस्य, जिल्ला सचिवालय सदस्य, इलाकाइन्चार्ज, वि.सं. २०६१ सालमाजनमुक्ति सेनाको कम्पनीकमिसार पदमा रहेर कुशल नेतृत्व गरेकाथिए ।
वि.सं. २०६२÷०६३ को जनआन्दोलन पछि जनमुक्ति सेनाको नवलपरासीको झ्याल्टुङ्ग डाँडाको क्याम्पमा केही समय बसेपछि स्वेच्छिक रुपमा राजनीतिमाफर्की वाइसिएलम्याग्दीको संस्थापक सचिवपदमा रहेर दुई वर्षको कार्यकालमा रचनात्मक भूमिकानिर्वाह गरेकाजुग्जालीले वाइसिएलम्याग्दीको सचिवहुँदा भ्रष्टाचार विरोधीआन्दोलनको नेतृत्व गरेका थिए ।
वि.सं. २०६५ सालमा प्रमुख जिल्लाअधिकारी लगायत केही भ्रष्ट कर्मचारीहरु माथि कारवाही, वि.सं. २०६५ सालमै नेकपा माओवादीको मगराँत राज्य समिति सदस्य बन्नुभएका जुग्जाली वि.सं. २०६९ सालमा पार्टी विभाजनपछि नेकपामाओवादी (वैद्य) को जिल्ला सेक्रेटरी भई सक्रिय रुपमाकाम गरेका थिए ।
वि.सं. २०७१ सालमा वैद्य र विप्लवको पार्टी विभाजन पछि स्वतन्त्रभई समाज सेवामा समर्पित हुँदा दरबाङ्ग देखि बिम मोटरबाटोको उपभोक्ता समितिको अध्यक्षभई सक्षमतापूर्वक काम गरेका जुग्जालीले विद्युतीकरणको अध्यक्षको कार्यकालमा जनताबाट रकम उठाएर बिजुलीको केन्द्रीयविद्युत प्रसारण गर्ने कार्यको नेतृत्व गरेकाथिए ।
वि.सं. २०७४ सालको पहिलो स्थानीयतहको निर्वाचनमा स्वतन्त्रउम्मेदवारबाट मालिकागाउँपालिका७ नं. वडा, बिमको वडाअध्यक्षमा निर्वाचित हुनुभएका जुग्जालीले वि.सं. २०७७ सालअसार महिनाको भिषण वर्षाले बिम, मराङ्गमाथुप्रै धनजनको क्षतिहुनुका साथै घरबारविहिनभएकाथिएभने अर्को मोटरबाटो, पिउनेपानी, बिजुली बत्ती क्षतविक्षत अवस्थामा पुगेको थियो । यस्तो अवस्थाको बिम गाउँलाई विलम्बनगरी पहिल्यैको अवस्थामापुनःस्थापित गराउन सफल हुनुभएको थियो । यसरी आफ्नो पाँचवर्षे कार्यकालमाजनताहरुको मन जित्ने थुप्रै उल्लेखनीयकार्यहरु सम्पन्न गरेका थिए ।
वि.सं. २०७९ सालको स्थानीयतहको निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्षपदमा नेकपा माओवादीको उम्मेदवारको रुपमा पराजित भएका जुग्जाली वि.सं. २०७९ सालमंसिर ४ मा सम्पन्नप्रदेशसभाको निर्वाचनमाम्याग्दीप्रदेशसभा (ख)बाट नेकपामा ओवादी केन्द्रको उम्मेदवार भई नेपालीकां ग्रेससँगको गठबन्धनबाट प्रदेशसभा सदस्य (संसद) मानिर्वाचितभएर गण्डकी प्रदेश सरकारको दुई महिनाउद्योग, वन, वातावरण तथापर्यटन मन्त्री र १० महिनाभौतिकपूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीको पदमा रहँदा विशेष म्याग्दी जिल्लामाभएको जल्दाबल्दा समस्या, विभिन्न सडकको स्तरोन्नति, धार्मिक तथापर्यटन आदिइत्यादि क्षेत्रहरुको पहिचान र उक्त क्षेत्रमा टेवापुग्ने गरी बजेट व्यवस्थापन र सम्बोधन गरेर निकै राम्रो उदाहरणीय कार्य गर्नुभएको थियो ।
यसै गरी जुग्जालीकै पहलकदमीमावि.सं. २०७९ सालमा गण्डकी प्रदेश सरकार, अर्थ मन्त्रालयकोष अन्तर्गतबाट पहिलो वर्ष १५ लाख, दोस्रो वर्ष ५० लाख गरी जम्मा ६५ लाख बराबरको बजेट प्रभुचेला धुरी ध्यानाश्रमको पूर्वाधार निर्माणार्थ विनियोजन गरी उक्त स्थानमाथुप्रै भौतिक संरचनाहरु निर्माण सम्पन्नभएको छ ।
यसका साथै स्मार्ट भिलेज, कृषिकलेज, आध्यात्मिकपर्यटन विकास, प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वाधार निर्माण भइरहेको प्रभुचेला धुरी ध्यानाश्रमको टेवापुग्ने बलियो आधार बनोस् भन्ने हेतुले बिम तल्लो गाउँ र उपल्लो गाउँमापदमार्ग निर्माणको लागि ३० लाख बराबरको बजेट जुग्जालीकै सक्रियपहलमाविनियोजितभएको थियो ।
यसरी प्रदेश सरकारबाट मालिका–७बिम लगायतजिल्लाकाअन्य स्थानहरुमा समेत राम्रो बजेट भित्र्याउन सफलभएकाथिए ।
ऋषिमुनिले ध्यानतपस्या गरेको तपोभूमिमा रहेको अवशेषहरुको संरक्षण र भौतिक संरचनाहरुकाविकास, प्रवद्र्धन गरी आध्यात्मिकपर्यटनको आधार निर्माण गरेर प्रचार प्रसार गर्न सकेको खण्डमा बिमको मात्रनभई म्याग्दीजिल्लाकै धार्मिक सम्पदाबन्ने सम्भावना देखेकाजुग्जालीसँगआग्रहपूर्वाग्रह रत्तिभर देखिँदैन किनकीयस्तातपोभूमिहरुको सम्वद्र्धन गर्नु सबैको साझादायित्वहो ।
हरेक विद्वानले आफ्नागल्ती र कमजोरीहरुबाट शिक्षा लिन्छन् र अगाडि बढ्छन् । गल्ती र कमजोरी सबैबाट हुन्छ तर गल्ती र कमजोरीको आधारमाकोही कसैको नजर अन्दाज गरिनुहुँदैन ।
फरक आस्थाको आधारमा आग्रह पूर्वाग्रहकोही कसैमाथि थोपर्नु कदापिन्या योचित हुँदैन । यदि उसले राम्रो काम गरेको छ भने राम्रो विचार ल्याएको छ भने राम्रो काम र राम्रो विचारलाई मुक्तकण्ठले राम्रो भन्न सक्नुपर्छ ।
तर त्यस्तो विचारको संस्कार हाम्रो समाजमा स्थापितहुन सकेको छैन ।
हिजोकाभयावहदिनहरुदेखि आजकादिनसम्म देश र जनताको लागिअहोरात्र खट्दै, भिड्दै आएकाजुग्जालीको योगदाननिश्चय नै अमूल्य छ ।
साथै जुग्जालीले राजनीतिक यात्रामा आफ्ना सहोदर दाजु जितबहादुर जुग्जालीलाई गुमाउनुपरेको गहिरो घाउ छ, यतिमात्रै तीक्ष्ण बुद्धिका जुग्जालीले उच्च शिक्षाहासिल गरी सानदार जीवनयापनगर्ने सौभाग्यपनि सँगै गुमाएका छन् ।
संकटकालबाट शान्तिप्रक्रियामाबहालीभएपश्चात् जुग्जालीले जनमुक्ति सेनाको झ्याल्टुङ्ग डाँडा क्याम्पबाट एसएलसी उत्तीर्ण गरेकाथिए ।संघर्ष जीवनको एक अपरिहार्य सत्य हो ।
जसले मानिसलाई निखार्छ र सफलताको यात्रा तय गर्छ प्रेरित गर्छ । यो जीवनी लेख एउटा साधारण गाउँको साहसीयुवाको कथाहो, जसले असाध्यै कठिनाई र चुनौतिहरु बीचपनिआफ्नो सपना पछ्याउनकहिल्यै हार मानेनन् । आर्थिक अभाव, समाजकानिरुत्साहजनकटिप्पणीहरु र असफलताका अनेकौं मोडहरुबाट अघि बढ्दै उनले सफलतामात्रप्राप्त गरेनन् ।
जीवनभर सिक्न र संघर्ष गर्नुपर्छ भन्ने सन्देश पनिदिएका छन् । यो कथाविजय र संघर्षको कथाहो साथै यो कथा सबै युवाहरुको लागि प्रेरणाको कथाहो ।
जसले उनीहरुलाई कुनै पनि परिस्थितिमा दृढ संकल्प र अथक प्रयासले सफलताको शिखरमापुग्न सकिन्छ भन्ने पाठ हो । थुप्रै कठिनाईहरुलाई आत्मसात गर्दै निरन्तर मेहनत र समर्पणले आफ्नो मार्ग निर्माण गर्ने उदाहरणीय व्यक्तिहुन् रेशमजुग्जाली (सुविन) । जसले आज समाजलाई योगदान र शिक्षादुवै दिइरहेका छन् ।
वि.सं. २०७८ सालदेखि वि.सं. २०८० सालसम्म नेकपा माओवादी जिल्ला अध्यक्षभई रचनात्मक कामहरु गर्दैै आएका जुग्जालीहाल गण्डकी प्रदेश समितिको सचिवालय सदस्यमाकार्यरत हुनुका साथै गण्डकी प्रदेशसभा सदस्य हुनुहुन्छ।
‘समस्याभनेको वास्तवमा समस्या नै होइन, समस्याप्रतिको तपाईंको दृष्टिकोण नै वास्तविक समस्याहो ।’ – ज्याक स्प्यारो ।
लेखक बेनी अनलाइनका नियमित स्तम्भकार हुन् ।