म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनको स्वास्थ्य चौकीमा जारी आँखा शिविरको दोस्रो दिन ७२३ जना लाभान्वित भएका छन् ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरका नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा १६, १७ र भोली १८ गतेसम्म विहान ९ बजेसम्म ओपिडी सेवा हुने छ ।

शिविरको दोस्रो दिन बिहिबार १३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ भने शुक्रबार २५ जनाको शल्यक्रिया गरिने का नेपाल नेत्रज्योती संघ म्याग्दीका नेत्रज्योति अधिकृत दिनेश बानियाँले जानकारी दिनुभयो । शिविरमा आँखाको समस्या देखिएका बिरामीलाई निशुल्क औषधी सहित चस्मा समेत वितरण गरिएको शिविर संयोजक एवम् मोना अन्तराष्ट्रियका कोषाध्यक्ष नरेन्द्र फगामीको भनाई छ ।

शिविरमा हिमालयन आँखा अस्पताल पोखराकी चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा चिकित्सक सहितको टोली खटिएको छ । शिविरमा आउनेलाई आँखा जोगाउने टिप्स सहित समस्याको पहिचान गरी शिविरमै तथा थप उपचारका लागि समेत समन्वय भइरहेको छ । शिविरमा मंगला, मालिका, धवलागिरी गाउँपालिकाबाट बिरामी आएका छन् ।

आँखा शिविर विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको मोना अन्तराष्ट्रियले जनाएको छ । नवौं वार्षिक साधारणसभा शुक्रबार उद्घाटन हुने जनाइएको छ ।

Leave a Reply