म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित रिभरसाईड बगरफाँट युवा क्लवले अयाोजना गरेको दोस्रो रिभरसाईड सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको बिहिबार उद्घाटन गरिएको छ ।

गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले प्रतियोगिताको उद्घाटन गदैं समाजको मेरुदण्ड भएकाले समाजमा हुने विकास निर्माण, सामाजिक विकृति विरुद्धको अभियान र समाजलाई एकजुट बनाउन यूवाले नै नेतृत्व गर्नुपर्ने बताउनुभयो ।

प्रतियोगिताको उद्घाटनमा वडा अध्यक्ष यामबहादुर कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेक केसी, जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले क्लवमार्फत खेलकुदसँगै सामाजिक कार्यमा देखाइरहेको गतिविधि प्रशंसायोग्य भएको बताउनुभयो ।

असोज १७ देखि २० गतेसम्म सञ्चालन हुने खुल्ला फुटबल प्रतियोगितामा ३४ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम पुरस्कार रु एक लाख एक हजार १० नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ ।

त्यसैगरी द्धितीय पुरस्कार रु ५० हजार,पाँचसय पाँच सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको छ भने अनुशासित टिमलाई रु ६ हजार र ट्रफी,उत्कुष्ट खेलाडी,सर्वाधिक गोलकताृ,उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकलाई रु २ हजार ५ सय नगद सहित टफी पुरस्कार रहेको जनाएको छ ।

त्यसैगरी पहिलो चरणदेखि क्वाटर फाइनलसम्म प्रत्येक खेलका विजेतालाई एक हजार पाँचस सय नगदर र सेमिफाइनबाट बाहिरिने टिमलाई चार हजार पुुरस्कार रहेको छ ।

पछिल्लो समय बगरफाँटका युवाहरु संगठित भै खेलकुदका साथै अन्य सामाजिक,गाउँलाई पर्यटकीय गाउँ बनाउने अभियानका साथै जनचेतनामूलक कामहरुमा लागेका छन् ।

क्लवका अध्यक्ष सुनिल थापाको अध्यक्षता, उपाध्यक्ष नारायण थापाको स्वागत र सचिव अर्जुन कार्कीको सञ्चालनमा सम्पन्न भएको उद्घाटन समारोहमा स्थानीय संघसंस्था, राजनीतिक दलका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

Leave a Reply