म्याग्दीको धवलागिरी गाउँपालिका-४,मुदीको विकट नेरबाङमा पशुपंक्षीको स्वास्थ्योपचार तथा बाँझोपन रोग निवारण लागि शिविरमा ५२ घरधुरी लाभान्वित भएका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको आयोजना, धवलागिरी पशु शाखाको समन्वयमा आयोजित शिविरमा १५ सय ८३ पशुपंक्षीको उपचार गरिएको हो

शिविरमा भैसी १२८, गाई ४४४ सहित कुखरा, घोडाखच्चड, भेडाबाख्रा लगायतका पशुको निःशुल्क उपचार गरिएको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका योजना शाखा प्रमुख सुभाष रेग्मीले जानकारी दिनुभयो ।

शिविरमा प्रजनन समस्यासम्बन्धि, आन्तरिक तथा बाह्य परजीवि नियन्त्रण सम्वन्धि, जिवाणु नियन्त्रण तथा खुराकजन्य समस्या देखिएको र उपचारको विधिका बारेमा कृषकलाई शिविरमै जानकारी गराइएको थियो । शिविरमा केन्द्रका प्रमुख भरत रेग्मी, प्राविधिक नानुका कट्टेल सहितको टोलीले उपचार गरेको थियो ।

शिविरमा उपचारका ल्याउन नसकिएका समस्याग्रस्त पशुवस्तुको भने पशुपालक किसानको घरमै पुगेरसमेत गरिएको थियो । मुदीको अति विकटमा पर्ने उक्त गाउँका पशुपंक्षीमा समस्या देखिएपनि गाउँपालिकाको केन्द्रमा आउन नसक्नेहरुलाई शिविरले राहत मिलेको छ ।

Leave a Reply