म्याग्दीको मंगला गाउँपालिका-५,अर्मनको स्वास्थ्य चौकीमा बुधबारदेखि आँखाका बिरामीहरुका लागि लक्षित गरी ३ दिने निःशुल्क आँखा शिविर सुरु भएको छ ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारणसभाको अवसरका नेपाल नेत्रज्योती संघ, हिमालय आँखा अस्पताल पोखरासँगको सहकार्यमा असोज १६, १७ र १८ गतेसम्म सञ्चालन हुने शिविरको पहिलो दिन बृद्धबृद्धाको उत्साहजन सहभागिता देखिएको छ।

शिविरको गाउँपालिकाकी उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले उद्घाटन गदैं आँखाको समस्या भएका बिरामीहरु धेरै भएपनि नियमित उपचार गर्न नसकेकाले जटिल समस्यापछि मात्रै सार्वजनिक हुने गरेकाले नियमित चेकजाँच गर्नुपर्नेमा जोड दिइन्।

शिविरमा मंगला गापा–२ का वडा अध्यक्ष धनबहादुर खाती क्षती, नेपाल नेत्रज्योती संघ म्याग्दीका अध्यक्ष अमर बानियाँ र मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष ददीवल खड्काले आँखाको उपचार सेवालाई सहर केन्द्रित मात्र नगरी ग्रामीण एवं दुरदराजका स्थानसम्म पु¥याउने अभियान अन्तरगत मोनासँग सहकार्य गरिएको बताएका थिए ।

शिविरमा आँखाका सबै किसिमका समस्याको परीक्षण तथा मोतियाबिन्दुको शल्यक्रिया, औषधी तथा चस्मा वितरण गरिने छ। शिविरमा हिमालयन आँखा अस्पताल पोखराकी चिकित्सक हरिमाया गुरुङको नेतृत्वमा चिकित्सक सहितको टोली खटिएको छ । शिविरमा आउने बालबालिकालाई आँखा जोगाउने टिप्स सहित समस्याको पहिचान गरी थप उपचारमा सघाइने छ ।

शिविरमा मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै छिमेकी बागलुङ जिल्लाबाट समेत बिरामी आउने अनुमान गरिएको छ ।  आँखा शिविर विशेष गरी बालबालिका र ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको थियो । शिविरको पहिलो दिन ५० वर्षभन्दा माथिका बिरामी गाउँगाउँबाट आएका छन् ।

शिविरको अध्यक्षता मोनाका अध्यक्ष खड्का, स्वागत शिविर संयोजक तथा मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका कोषाध्यक्ष नरेन्द्र फगामी र सञ्चालन मोना यूएईका अध्यक्ष सुवास राम्जालीले गरेका थिए । मोनाको असोज १८ र १९ गते साधारणसभा मुल संयोजक मीम पूर्जाको संयोजकत्वमा इन्द्रेणी पार्कमा उद्घाटन र बन्दसत्र मंगला शिक्षा क्याम्पसमा तय गरिएको छ ।

 

Leave a Reply