नेपालीहरुको ठुलो चाड दशैँ नजिकिएसँग उपत्यकाबाट घर फर्कने यात्रुको चाप उच्च छ । यस्तोमा यातायात व्यवसायीले महँगो भाडा अशुल्ने गरेका खबरहरु सर्वत्र बाहिरिएका छन् ।

राज्यको निकायले पनि यस्तो बेलामा चर्को भाडा लिने व्यवसायीमाथि कुनै कदम चाल्न सकिरहेको छैन । यस्तोमा अनेरास्ववियुको प्रवक्ता प्रकाश पौडेलले चर्को शुल्क असुल्नेहरुलाई नियन्त्रण गर्नका लागि पब्लिक रेस्पोन्स डेस्क बनाउन सुझाएका छन् ।

उनले डेस्क बनाएर हटलाईन संचालन गर्ने र चर्को शुल्क अशुल्नेहरुलाई राज्यको निकायलाई खबर गरि बुझाउन सहजीकरण गर्नुपर्ने बताएका हुन् । यसो गर्दा नागरिकको दायित्व पनि पुरा हुने उनको भनाई छ ।

हामिले सुचना दिएपछि राज्यको निकायले पनि सोहि अनुसारको कारवाही गर्न मद्दत पुग्ने उनले बताए । यसको लागि अनेरास्ववियुको जिल्ला जिल्लामा रहेका सबै संयन्त्रलाई सक्रिय बनाएर सहजिकरण गर्न सकिने छ ।

Leave a Reply