दिवंगत पिताको स्मरणमा एक परिवारले नेपाल बाल संगठन म्याग्दी अन्तर्गत रहेको बालगृहमा रहेका बालबालिकालाई खाद्यान्न सहयोग गरेका छन् । बेनी नगरपालिका वडा नं २ बगरफाँटका स्वर्गीय पूर्णबहादुर घिमिरेको सम्झनामा १० हजार ७ सय बराबरको खाद्यान्न एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

उक्त सहयोग स्वर्गीय घिमिरेका छोरा राम घिमिरे, छोरी मुना घिमिरे बानियाँ, नाति गौरब घिमिरेले बालगृहका प्रमुख सुजन केसीलाई हस्तान्तरण गर्नुभएको छ । म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकाहरुलाई प्रदान गर्नुभएको थियो । म्याग्दी बालगृहमा हाल ८ जना अभिभावकविहिन बालबालिकाहरुले आवासीय सुविधा लिएर अध्ययन गरिरहेका छन् ।

Leave a Reply