CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

भीमेश्वर नगरपालिका–६ मैदानेमा १ बजेर ४० मिनेटमा पहिरोले घर पुरिएको अपुष्ट सूचना प्रहरीमा आयो । सूचना आएको १० मिनेटमा प्रहरी निरीक्षक सत्रुधन महतो घटनास्थल पुगे  । मैदानेमा रामकुमार भुजेलको घर पूर्ण रुपमा पहिरोमा पुरिएको थियो । घरमा कतिजना थिए कुनै जानकारी थिएन ।

निरन्तरको वर्षाले माथिबाट पहिरो झरिरहेको थियो । यस्तोमा पुरिएको घरबाट बच्चा रोएको आवाज सुनियो । त्यतिबेलासम्म २/४ जना स्थानीय पनि जम्मा भइसकेका थिए । सबैले चारैतिरबाट खन्न थालेपछि प्रहरी निरिक्षक महतोले खन्न रोके र रुख र पहिरोले चेपिएको घरको टाँड फेला पारे ।

उनले रुख हटाउन लगाएर पहिरोले थिएचिएका नाबालक निकाल्ने प्रयास गरे । तर पहिरो आईरहेकोले नाबालकलाई सकुशल निकाल्न निकै कष्ट परेको थियो उनलाई । बालकलाई उनकी आमाले हातले च्यापिरहेकी थिईन् । आमाको पहिरोमा थिचिएर घटनास्थलमै मृत्यु भएपनि बालक आमाको हातमा च्यापिएर रोईरहेको अवस्थामा भएको उनले बताए ।

समान्य त्रुटी भएमा बालकको पनि ज्यान जाने अवस्थाबाट टाँडबाट एक हातले बालकलाई निकालेको उनले बताए । शनिबार दिउँसो घरमाथिबाट आएको पहिरोमा रामकुमार, उनका १६ वर्षका छोरा रोशन र श्रीमती राधा भने जोगाउन नसकिएको उनले बताए ।

२ वर्षका बालकलाई जिवितै उद्धार गरेपछि भीमेश्वर नगरपालिकाले उनको पोषण र कक्षा १२ सम्मको अध्ययन खर्च व्यहोर्ने भएको छ । परिवार गुमाएका बालकलाई उनी फुपु प्रमिला भुजेलले जिम्मा लिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए । ekantipur.com

 

Leave a Reply