स्वस्थ र आनन्दमय जिवनको लागि योग ध्यान सकारात्मक सोच र तनाव व्यवस्थापनसम्बन्धी तीन दिने प्रशिक्षण म्याग्दीको सदरमुकाम बेनीबजारमा सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजना र ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय बेनी शाखाको समन्वयमा जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको प्रशिक्षणमा जनप्रतिनिधि, विद्यार्थी, सर्वसाधारण, सरकारी निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

व्यस्त दैनिकीबाट ग्रसित बन्दै गैरहेको अवस्थामा स्थानीय सर्वसाधारणहरुलाई उत्प्रेरणा जगाई तनाव कम गरी सकारात्मक सोचको विकास गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको थियो । प्रशिक्षक रमण भट्टराईले सहजीकरण सकारात्मक सोच, तनाव व्यवस्थापन, जीवनपयोगी सिपहरु, जीवन जिउने कला, उत्प्रेरणा लगायतका विविध विषयहरुमा सहजीकरण गरेका थिए । प्रशिक्षणको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, समापन बेनी नगरपालिकाका मेयर सुरत केसीले गरेका थिए । तालिममा ब्रह्माकुमारी ईश्वरिय विश्वविद्यालय धौलागिरिका प्रमुख साबित्रा दिदी,बेनी शाखा प्रमुख रिना दिदीको उपस्थिति रहेको थियो । मानिसहरुमा हुने तनाव व्यवस्थापन कम गर्ने, उत्प्रेरणा जगाउने र सकारात्मक सोचको वृद्धि गरी जीवन जिउनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैबीच म्याग्दीका विभिन्न संघसंस्था र आमा समुहका साथै विद्यालयमा समेत सकारात्मक सोच र तनाव व्यवस्थापनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

Leave a Reply