मौलिक पञ्चेबाजा जोगाउन पहिलोपटक म्याग्दीको मंगला गाउँपालिकाको वडास्तरीय पञ्चेबाजा प्रतियोगिताको आयोजना गरिने भएको छ । बावियाचौरमा आगामी असोज १८ र १९ गते आयोजित म्याग्दी प्रवासी नेपाली संघ (मोना),अन्तर्राष्ट्रिय कार्यकारी समितिको नवौं वार्षिक साधारण सभामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिएको हो ।

पुराना पुस्तामा रहेको परम्परागत सीप नयाँ पुस्तामा पुस्तान्तरण गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको साधारणसभाका मुल संयोजक मिम पूर्जाले बताउनुभयो। पछिल्लो समयमा पञ्चेबाजा हराउदै जान थालेको संकेत देखिन थालेको र नयाँ पुस्ताको आर्कषण घट्दो क्रममा रहेकाले प्रतियोगितामार्फत पालिकास्तरमा संरक्षणमा सघाउने प्रयास गरिएको संयोजक पूर्जाको भनाई छ ।

साधारणसभाको उद्घाटन सत्रमा गाउँपालिकाको वडा कार्यालयले छनौट गरेका ५ समुह बिच प्रतिस्पर्धा हुने छ ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहलाई क्रमशः ३५ हजार, २५ हजार र २० हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् भने अन्य दुई टिमले सहभागी प्रति समुह १० हजार र प्रमाणपत्र प्राप्त गर्ने मोना साधारणसभाका स्थानीय उपसमिति संयोजक याम थापाले बताउनुभयो ।

यसैबीच असोज १६, १७ र १८ गते आयोजना गरिएको आँखा शिविरको तयारी समेत पूरा भएको छ । आँखा शिविरका मुल संयोजक एवम् मोना आइइसीका कोषाध्यक्ष नरेन्द्र फगामीले प्रचारप्रसार सहित पालिकास्तरमा समेत सूचना गरिएको बताउनुभयो । साधारणसभका खुल्लासञ इन्द्रेणी पार्क र बन्दसत्र मंगला शिक्षा क्याम्पसमा आयोजना गरिने छ । साधारणसभालाई सभ्य र भब्य बनाउन मंगला गाउँपालिकाका सामाजिक, राजनीतिक सहित सबै संघसंस्थाहरुलाई रचनात्मक सहयोग गरिदिन अनुरोध गरिएको छ।

Leave a Reply