म्याग्दीको मालिका गाउँपालिका-३ रूमको राष्ट्रिय माविमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ मा पठनपाठन सुरु भएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि उच्च शिक्षाका लागि दरबाङ बजार लगायत सहरी क्षेत्रमा जानुपर्ने बाध्यताको अब अन्त्य भएको छ ।

शुक्रबार वडा अध्यक्ष उदयकुमार बुढाथोकीले विद्यार्थीलाई स्वागत गदैं पठनपाठन सञ्चालनको घोषणा सहित उद्घाटन गदैं गाउँमै थप कक्षा ११को पढाइको अनुमतिले विद्यार्थी र अभिभावकलाई समेत सहज भएको बताए ।

‘गाउँबाट विद्यार्थी पलायनलाई रोक्न सघाउँछ, घरदैलोमै उच्च शिक्षाको अवसरलाई सदुपयोग गर्न विद्यार्थीलाई अनुरोध गर्दछु उत्कृष्ट नतिजा दिएर अगाडी बढ्नुपर्छ’ वडा अध्यक्ष बुढाथोकीले भने ।

हाल कक्षा ११ मा १६ जना विद्यार्थी भर्ना भएकोमा पुरक परीक्षामा उत्र्तिणा भएकाहरू समेत थपिने विद्यालयका प्रधानाध्यापक प्रेम घर्तीको भनाई छ । पठनपाठनको अनुमतिसँगै कक्षा सञ्चालनले विद्यार्थी र अभिभावक निकै उत्साहित भएका छन् भने आन्तरिक स्रोत, चन्दा संकलन सहित विभिन्न माध्यमबाट जिल्लामै राम्रो नतिजा दिने मेहनत गर्ने प्रअ घर्तीले बताए ।

हाल बाल विकादेखि कक्षा १० सम्म ३६० विद्यार्थी रहेकोमा कक्षा ११ का १६ सहित कुल ३७६ जना विद्यार्थी अध्ययनरत छन्। बि.स २००९ सालमा स्थापना भएको विद्यालयका विद्यार्थीले २०५२ सालमा पहिलोपछक एसएलसीमा सहभागिता जनाएका थिए । विद्यालमा मालिका–२ र ३ का विद्यार्थी अध्ययनरत छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिम बहादुर विकलेशैक्षिक गुणस्तर सुधारसँगै भविस्यमा प्राविधिक तर्फका कार्यक्रमरुमार्फत समेत गर्व महसुस हुने गरी कक्षा सञ्चालनको योजना समेत रहेको बताए । एसइईपछि आर्थिक अवस्था कमजोर भएको अवस्थामा विगतमा कक्षा ११ को पढाइ नै छोडेर बस्नुपर्ने विद्यार्थीको बाध्यता हटेको छ ।

Leave a Reply