जीवन विमा क्षेत्रको अग्रणी कम्पनि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरी एरियाले आफ्नो क्षेत्र भित्रका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुलाई उत्प्रेरणा तालिम प्रदान गर्नुका साथै पुरस्कार वितरण गरेको छ ।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका अभिकर्ताहरुलाई उत्साहीत पार्ने मात्र नभएर आफ्नो क्षमता अभिबृद्धिका लागि पनि अभिकर्ता उत्प्रेरणा कार्यक्रम आयोजना गरेको थियो । कम्पनि नेपालमै अग्रणी स्थान ओगटेको हुनाले आफ्नो वर्चश्वलाई यथावत राख्न पनि यस्ता काम गर्नु पर्ने जनाइएको थियो ।

साविकको धौलागिरी अञ्चल क्षेत्रलाई समेटेर निर्धारीत धौलागिरी एरिया क्षेत्र भित्र पर्ने एजेन्सी म्यानेजरहरुलाई बागलुङको दि राजन होटलमा आयोजित उत्प्रेरणा अभिमुखिकरण कार्यक्रममा इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा इन्स्योरेन्सका नेपाल टप एजेन्सी मेनेजर एमडिआरटी यसिन रोका, नेपाल तेश्रो एमडिआरटी विना खड्का, गण्डकी प्रदेश तेश्रो एमडिआरटी सञ्जु बरुवाल, कल्पना बरुवाल, जमुना श्रीष थापा, केशरी क्षेत्री, दान श्रीष लगायतको उपस्थिति रहेको थियो । धौलागिरी एरिया म्यानेजर देवेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन बागलुङ शाखा म्यानेजर दिलकुमारी पुनले गर्नुभएको थियो ।

कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको एक स्टार प्राप्त गर्न सफल टोप बहादुर पुन, सुनिता शर्मा, गणेश पौडेल, नविन आचार्य, रुकसार श्रेष्ठ, कमला खत्री क्षेत्री, सरस्वती हरिजन र अनुस्का नेपालीलाई सम्मान गरिएको थियो । त्यस्तै दुई स्टार प्राप्त जुना घिमिरे, पुष्पा थापा र योगेन्द्र कार्की, चार स्टार प्राप्त डिल्लीराज अर्याल, पाँच स्टार प्राप्त लक्ष्मी आचार्य खड्का, जयराम आचार्य, जेनिसा तामाङलाई पनि सम्मान सहित चिनो प्रादान गरिएको थियो । मेघा स्टार पाउन सफल यसिन रोका, कल्पना बरुवाल, बिना खड्का र सञ्जु बरुवाललाई कार्यक्रमको अवसरमा पुरस्कृत तथा सम्मानित गरिएको धौलागिरी एरिया म्यानेजर घिमिरेले जानकारी दिनुभयो । जीवन विमाको क्षेत्रमा उत्कृष्ठ कार्य गर्दै उच्च बिजनेस ल्याउन सफल संस्थाका सहकर्मीहरुको हौसला थप बढाउनका लागि यस्तो कार्यक्रम गरिएको उहाँको भनाई थियो ।

त्यस्तै विमा क्षेत्रमा राम्रो क्षमताका साथ व्यवसायीक सफलता प्राप्त गर्न सफल एजेन्सी म्यानेजरहरु कृष्ण प्रसाद पौडेल, मिना देवी कँडेल सापकोटा, कबिता थापा, टिका कुमारी निसा, इन्द्रबहादुर पुन, प्रेम बहादुर जुगजाली, कौशीला कार्की, सबिता नेपाली, समिक्षा केसी भण्डारी, सुनिता रिजाल सापकोटा र शान्ति अर्याललाई व्यवसायीक सफलताको कामना सहित सम्मानित गरीएको थियो । त्यस्तै असिस्टेन्ट सिनियर एजेन्सी म्यानेजर तर्फ मिनबहादुर क्षेत्री, रुक्सार श्रेष्ठ, इन्द्रबहादुर खत्री, अनुसा राई, टोपबहादुर पुन, कमला खत्री जिसी, इसा थापा छन्त्याल, केश कुमारी क्षेत्री र गणेश पौडेललाई पनि समन गरिएको एरिया म्यानेजर घिमिरेले जानकारी दिनुभयो । सहायक सिनियर एजेन्सी म्यानेजरहरु अमृता जिसी, सबित्रा छन्त्याल, जुना घिमिरे, शान्ति देवी शर्मा तथा सिनियर एजेन्सी म्यानेजर डिल्लीराज अर्याल, सिम पुन, सरस्वती शर्मा र पुष्पा थापा, सुनिता शर्मा, राजन केसी, जयराम आचार्य, कमला आचार्य, जमुना श्रीष थापा, पार्वती बरुवाल क्षेत्री, खिमकुमारी कटुवाललाइ सम्मान गरिएको जनाइएको छ ।

असिस्टेन्ट डिभिजन एजेन्सी म्यानेजर जेनिस तामाङ, लक्ष्मी आचार्य कँडेल, नबिन आचार्यलाई सम्मान गर्नुका साथै डिभिजन एजेन्सी म्यानेजर निल प्रसाद आचार्य, असिस्टेन्ट रिजनल एजेन्सी म्यानेजर समिर बरुवाल, भृकुटी श्रीष, असिस्टेन्ट चिफ एजेन्सी म्यानेजर निसान कटुवाल, सन्जु बरुवाल एवम् असिस्टेन्ट जजनरल एजेन्सी म्यानेजर बिना खड्का र यसिन रोकालाई पनि कार्यक्रमको अवसरमा सम्मान गरिएको थियो । एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुले नै रिलायबल नेपाल लाईफ इन्स्योरेन्सलाई अगाडी बढाउने भएकाले उनीहरुलाई हौसला बढाउनु आफूहरुको दायित्व रहने प्रदेश प्रमुख अधिकारीले बताउनुभयो । अधिकारीले धौलागिरी एरियाले निकै उत्कृष्ठ कार्य गरेको समग्र संस्थाले नै मुल्याङ्कन गरेको उहाँको भनाई थियो ।


कार्यक्रममा धौलागिरी एरियाको पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ जिल्लामा रहेका विभिन्न शाखाहरुबाट सहभागिता जनाइएको थियो । विमा क्षेत्रमा किन लाग्ने र यसमा लाग्दा हुने फाइदा तथा सम्भावनाहरुको बारेमा समेत कार्यक्रममा सहजीकरण गरिएको थियो ।

Leave a Reply