राकेश शर्मा
म्याग्दीको बेनी नगरपालिका-१०,शंकर पाईजा जापानमा सात बर्ष विताए । नेपालमै निजामति सेवाका काम गर्ने सपना बुनेका उनले राजनीतिक अस्थिरता, सीमित आर्थिक सम्भावना,जागिरमा पहुँचवाला हावी जस्ता गतिविधि देखेर आफ्नो भविष्यका लागि विदेशी भूमिमा अवसर खोज्न जापान पुगे ।

आफने लक्ष्य एउटा परिस्थिति फरक भएपनि उनले जापानमा आधादशक विताएपनि लक्ष्यलाई भने बिर्सिएनन् । सरकारी सेवामार्फत स्वदेशमै सेवा गर्ने भन्दै स्वदेश फर्किएर लोकसेवाको तयारीमा जुटे । जापानको आर्कषक तलबभन्दा आफ्नो लक्ष्यको जागिरका लागि नै उनले दिनरात गरेको मेहनतले सफलता प्राप्त गरे ।

३४ बर्षिय पाईजाले मेहनत अनुसारको सफलता प्राप्त गदैं अहिले म्याग्दी जिल्ला अदालतमा न्याय सेवा अन्तरगत ठिठ्ठा पदमा कार्यरत छन् ।उनले जापानको आर्कषक कमाईभन्दा यहाँको सरकारी सुविधाबाट सन्तुष्ट छन् । ‘बाध्य भएर विदेशिएको थिए, त्यहाँको कमाईमा रमाउन सकिन, यहाँ फर्किएर लोकसेवाको तयारीमा जुटे, मेरो दिदीभिनाजुको सहयोगले सफलता मिल्यो’ पाइजाले भने ।

आफ्नो मेहनतमा परिवार, आफन्तको साथ मिलेमा नतिजा छिट्टै आउने पाईजाको भनाई छ । उनले विदेशमा कमाई भएपनि अभावको चाङ धेरै रहेको बताउँदै परिवारसँगै बसेर नागरिकको सेवा गर्न पाउनु नै आत्मसम्मान र सन्तुष्टी रहेको बताए ।

उनले अहिले विदेशमै रहेका साथीहरूले समेत प्रगतिको शुभकामना दिने गरेको बताए । निजामती सेवालाई समाजको मर्यादित र प्रतिष्ठित पेसाका रूपमा लिने गरिएकाले पनि अहिले बढ्दो आकर्षणका कारण लोकसेवामा चर्को प्रतिस्पर्धा हुने गरेको बताए ।

लोकसेवाको तयारीमा लाग्दा सफलता मिल्दैन कि भन्दै बैदेशिक रोजगारीमा जाने यूवाहरूलाई मेहनत गरे सफलता मिल्ने बताए । ‘आत्मबल कमजोर भए सफलता मिल्दैन, मेहनतसँगै आत्मबल बलियो बनाउनुपर्छ,‘लोकसेवा पास गर्न अथक मिहिनेत र नियमित अध्ययन जरुरी हुन्छ’ पाईजाले भने । उनले आफ्नो निजामित यात्रामा माथिल्लो तहसम्म पुग्ने लक्ष्य रहेको बताए ।

 

मेरो लोकसेवा यात्रा
विद्यार्थीकालमै मेरो सपना सरकारी जागिरे थियो । त्यसैले पनि लोकसेवा पढ्ने सोच मेरो दिमागमा भएपनि बैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता भयो । जापानमा पनि मैले लोकसेवाको सामान्य तयारी कक्षाहरु लिने, अध्ययन गर्ने गरेको थिए। लोकसेवाका किताब मेरो साथमा जापानमा पनि थियो । मैले घरपरिवारलाई पनि लोकसेवाको तयारीमा बारेमा जानकारी दिने गरेको थिए । घरपरिवारबाटै मलाई लोकसेवा पढ्न प्रेरणा मिलेको हो ।

नेपाल फर्किएपछि नियमित सन्तुलित अध्ययनका कारण कानुनी सेवा अन्तरगतको परीक्षामा सहभागिता जनाए अनि पास भए । परीक्षामा सोधिएको प्रश्नले के मागेको छ भन्ने कुरालाई ध्यान दिएर मौलिक तथा तथ्यपरक उत्तर लेख्दा राम्रो हुन्छ । पढेका विषयलाई निरन्तर रूपमा पुनरावलोकन र समय–समयमा स्वमूल्यांकन गर्नुपर्छ भन्ने तयारी कक्षामा प्राप्त गरेको ज्ञानले समेत मलाई सहज भयो ।

यसरी पढेँ
व्यक्तिअनुसार अध्ययन शैली फरक–फरक हुन्छ । कसैले घोकेर, लय मिलाएर त कसैले सूत्र बनाएर सम्झने गर्छन् । मेरो अध्ययनशैली अरूको भन्दा बेग्लै छ । मैले घोकेर र सूत्र बनाएर पढ्न कहिल्यै सकिनँ । तयारी कक्षाका पृष्ठपोषण कक्षाहरूमा सहभागी हुँदा स्वमूल्यांकन गर्ने गर्दछु । परीक्षामा उत्तर लेख्दा परिमाणभन्दा गुणस्तरलाई मध्यनजर गर्नुपर्छ भन्ने सिकेको थिए । लामो समय लगातार पढ्न म सक्दिनँ त्यसैले बीच–बीचमा ‘रिफ्रेस’ हुनुपर्छ । मिहिनेत ग¥यो भने असम्भव केही पनि छैन भनेरै नै तयारीमा लाग्नुपर्छ । आफूलाई सहज हुने गरी पढ्नुपर्छ । कसैको बहकाउमा नआएर अध्ययनलाई निरन्तरता दिनुपर्छ । विषयगत अध्ययनलाई फराकिलो बनाएर पढ्न सकेमा उत्तर लेख्दा सहज हुन्छ ।

Leave a Reply