म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता भएका छन् । म्याग्दीको मालिका गाउँपालिका-६,स्थित दरबाङमा शुक्रबार साँझ सोही वडाको छ्यारछ्यारे स्थित झोलुङ्गे पुल नजिकै किनारमा पौडी खेल्ने क्रममा खोलाले बगाएर सोही गाउँपालिका- १,निस्कोट घर भई हाल दरबाङमा बस्दै आएका सागर पटेलका छोरा आठ वर्षिय सलमान पटेल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक सागर पौडेलले बताए ।

शुक्रबार साँझ करिब पाँच बजे पौडी खेल्ने क्रममा एक्कासी खोलाले बगाएको भन्ने खबर पाएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट खटेको सात जनाको प्रहरी टोली र स्थानीयबासीले खोजी सुरु गरेका हुन् ।

बेपत्ता सलमान साँझ सम्म पनि फेला पर्नुभएको छैन । अभिभावक मार्फत वेपत्ता सलमानको कपडा र चप्पलबाट पहिचान भएको हो । बेपत्ता सलमानको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शनिबार विहानै स्थानीयहरु खोजीकार्य जारी छ ।

Leave a Reply