बागलुङका सोनम केसीले अग्लो उचाइमा भिडियोग्राफर गरेबापत गिनिज बुकमा रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । नेपाली नृत्यकारहरुको समुह ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र राई तथा सुसन तामाङले १९ मे, २०२४ अर्थात ६ जेठ २०८१ मा नेपालको सोलुखुम्बुस्थित काला पत्थरमा भिडियोग्राफी गरेबापत प्रमाणपत्र पाएका हुन् ।

काला पत्थर ५६४४.५ मिटर ९१८,५१९ फिट अग्लो छ । सुरेन्द्र र सुसनले ५,४४१ मिटर (१७,८५१ फिट) मा रेकर्ड बनाउने क्रममा बागलुङका दि गोल्ड स्टुडियोका सञ्चालक समेत रहेका केसी र उमेश सापकोटाले भिडियोग्राफी र फोटोग्राफीमा सौगात कार्कीले साथ दिएका थिए ।

‘मेरो मेहनतको सबैभन्दा ठूलो सफलताको रुपमा लिएको छु, आगामी दिनमा झनै राम्रो गर्ने उर्जा मिलेको छ’ केसीले बेनीअनलाइनलाई भने । जोखिमपूर्ण स्थानमा भिडियो छांयाङ्कनको अवसरसँगै यो सफलताले आनन्द महसुस भएको उनको भनाई छ ।

सुन्दर नगरी बागलुङ बजारमा स्टुडियो संचालन गरी म्यूजिक भिडियो, बिबाह ब्रतबन्ध विभिन्न कार्यक्रमहरुको भिडियो छांयाङ्कन गर्ने गरेका छन् । उनले गिनिज बुकमा रेकर्ड गराई प्रमाणपत्र प्राप्त गरेपछि परिवारमा समेत खुसीयाली छाएको छ ।

नेपाली नृत्यकारहरुको समुह ‘वाइल्ड रिपर्ज क्रु’ का सुरेन्द्र तथा सुसनले नेपाललाई प्रतिनिधित्व गरेका यो जोडीले जमिनबाट सबैभन्दा अग्लो स्थानमा डान्स कोरियोग्राफी गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा रेकर्ड बनाएपछि सर्वत्र चर्चा छ ।

उक्त स्थानमा प्रस्तुत गरेको गीतको बोल थियो ‘मन मगन’ जुन साढे दुई मिनेट लामो छ । सुसन र सुरेन्द्रको यो प्रयासलाई रंग दिन अन्य सहयोगी हातहरु पनि उनीहरुसंगै काला पत्थर पुगेका थिए ।

Leave a Reply