यातायातको क्षेत्रमा सर्बसुलभ र गुणस्तरीय सेवा प्रदान गदै आइरहेको साझा यातायातले अब म्याग्दीको सदरमुकाम बेनीबजारबाट काठमाण्डौसम्म सेवा विस्तार गरेको छ । सार्वजनिक यातायात सेवा प्रदान गर्ने सहकारी संस्था साझा यातायातले दुईवटा बस बेनी र राजधानी काठमाडौँदेखि छुटाउन थालेको हो।

बेनी–काठमाडौँको भाडा दर एक हजार एक सय ५० रुपैयाँ भएको साझा यातायात बेनीका संयोजक भीमबहादुर श्रेष्ठले बताउनुभयो । यो भाडा दर अन्यको तुलनामा न्यून हो। बेनी–काठमाडौँ रुटमा चल्ने बसहरूले हाल प्रतियात्रु एक हजार पाँच सय रुपियाँ भाडा लिने गरेका छन् ।

“म्याग्दी सदरमुकाम बेनी–काठमाडौँ रुटमा चल्ने ४१ जना क्षमताको दुई वटा बस सेवा सुचारु गरेका छौँ । काठमाडौँदेखि बेनीका लागि हरेक दिन साँझ ६ बजे र बेनीदेखि काठमाडौँका लागि साँझ ६ः१५ मा बस छुटाउने समयतालिका बनाएका छौँ,“ श्रेष्ठले भन्नुभयो ।

एक पटकमा एक जना ज्येष्ठ नागरिक, एक जना अपाङ्गता र एक जना विद्यार्थीलाई सहुलियत दिइने छ । साझा यातायातको सेवा विस्तार भएपछि म्याग्दी, पर्वतको उत्तरी क्षेत्रमा पर्ने जलजला, मुस्ताङका बासिन्दाका साथै म्याग्दी, मुस्ताङमा आउने पर्यटक तथा तीर्थयात्रीहरूलाई राहत मिलेको छ । म्याग्दीमा कोरला यातायात प्रालि, जलजला यातायात प्रालि सहित विभिन्न बस ब्यवसायीहरुले बिहानी र रात्री सेवा सञ्चालन गर्ने गरेका छन् ।

Leave a Reply