पश्चिम म्याग्दी क्षेत्रमा चल्ने बस र जिपले लिँदै आएको भाडा घटाइएको छ । बेनी–दरबाङ सडकको कालोपत्रे खण्ड र कच्ची सडकमा न्यूनतम ५ रुपैयाँ देखि १५० रुपैयाँसम्म घटेर नयाँ भाडादर कायम गरेको हो ।

म्याग्दी जिप तथा बस सञ्चालक समितिद्धारा सञ्चालित जिप तथा बसले बेनी–दरबाङ, दरबाङ–बिम, दरबाङ–रुम,दरबाङ–धारापानी, ताकम मुना,लुलाङसम्म र दरबाङ–बिम, खारा मराङसम्म नियमित सञ्चालन हुने सवारीसाधनमा भाडा समायोजन गरेको समितिका अध्यक्ष सुमन श्रेष्ठले बेनीअनलाइनलाई बताउनुभयो ।

‘तोकिएको भाडादर लागु भइसकेको छ, सरोकारवाला निकायसँग समेत समन्वय गरी कार्यान्वयनलाई प्रभावकारी बनाउँछौ’ अध्यक्ष श्रेष्ठले भन्नुभयो। तोकिएको भाडादरमा बेनी–दरबाङ सडक हुदै विभिन्न ठाउँमा जाने तथा विभिन्न नाकाबाट भित्रिने सवारीसाधनले अनिवार्य रूपमा तोकिएको भाडादर लागू गर्नुपर्नेछ । पक्की सडक भए पनि भाडादर नघटेको भन्दै दक्षिण चल्ने सवारीसाधनका यात्रुले गुनासो गर्दै आएका थिए  ।

हाल सदरमुकाम बेनीदरबाङ सडकखण्ड अन्तगत लाम्पाटासम्मको सडक कालोपत्र भइसकेको छ भने समितिले कच्ची सडकमा समेत समायोजन गरेको भाडादरमा टोल र बस्ती नै तोकिएकाले सर्वसाधरण यात्रुलाई सहज हुनेछ । यसैबीच जिल्लाको अन्य ग्रामिण सडकमा ढलान तथा कालोपत्रे भइसकेको सडकमा पनि भाडादर समायोजन गर्न समायोजन गराउनुपर्ने स्थानीयले माग गर्दै आएका छन् ।

Leave a Reply