म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा बुधबारदेखि सुरु हुने म्याग्दी जिल्लास्तरीय प्रथम म्याग्दी कप फुटबल प्रतियोगिताको उद्घाटन भएको छ । म्याग्दी जिल्ला फुटबल संघद्धारा आयोजित प्रतियोगिताको खुल्लामञ्चमा बेनी नगरपालिकाका मेयर सुरत केसीले उद्घाटन गदैं खुल्लामञ्चमा प्रदेश र संघीय सरकारबाट बजेट विनियोजनमा बेवास्ता गर्दा पूर्वाधार विस्तारमा गति लिन नसकेको बताउनुभयो ।

‘नगरपालिकाको बजेटले मात्रै अपुग हुन्छ, संघीय र प्रदेशबाट आश्वासन मात्रै आयो, बजेट अझै आएको छैन’ मेयर केसीले भन्नुभयो । खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधारको अनिवार्य आवश्यक पर्ने भएकाले नगरपालिकाले हरेक बजेटमा क्षमता अनुसार बजेट विनियोजन गरी खुल्लामञ्चमा पूर्वाधार थपिरहेको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले सदरमुकाम बेनीको खेलमैदानको अवस्थालाई सुधारका लागि अनेक प्रयास भइ्ररहेको बताउनुभयो । खेलकुद गतिविधिलाई मर्यादित र खेलमैत्री बनाउन सबै क्षेत्रबाट सहयोग आवश्यक पर्ने अध्यक्ष केसीको भनाई थियो ।

उद्घाटन समारोहमा बेनी नगरपालिकाका प्रवक्ता रमेशकुमार श्रेष्ठ, वडा नं ४ का अध्यक्ष अणबहादुर खड्का, वडा नं ६ का अध्यक्ष कृष्णसिङ बानियाँ, म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँ लगायत विभिन्न क्लवका प्रतिनिधि र खेलाडीको उपस्थिती रहेको थियो ।

प्रतियोगिताको अध्यक्षता संघका अध्यक्ष कुमार बानियाँ, स्वागत फुटबल बेनी नगर समितिका अध्यक्ष देबेन्द्र चोखाल र सञ्चालन जिल्ला खेलकुद विकास समितिका सदस्य कुमार किसानले गर्नुभएको थियो ।

प्रतियोगितामा १२ टिमको सहभागिता रहेकोमा प्रथम हुनेले प्रथम हुनेले ७० हजार द्धितिय४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने अनुशासित क्लब, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ता लगायतका विभिन्न विधामा समेत पुरस्कृत गरिने छ।

Leave a Reply