सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैंतिहार, छठजस्ता नेपालीहरुको चाडपर्वलाई लक्षित गरी ‘१८औं वर्षमा १८ गुणा, परिवारमा खुशी लाखौ गुणा’ उपहार योजना घोषणा गरेको छ । आफ्नो स्थापनाको १८ वर्ष प्रवेश गरेको उपलक्ष्यमा मनी ट्रान्सफरले लगातार ९० दिनसम्मका लागि उक्त योजना ल्याएको हो ।

सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत् हरेक महिना २ जनालाई सामसुङको स्मार्ट  फोन, हरेक हप्ता २ जनालाई सामसुङको स्मार्ट टिभीसाथै ९० दिन लगातार हरेक दिन १८ जना विजेताहरुलाई जनही ५ सयको वालेट टप्अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफूले पठाएको रकमको १८ गुणा बढी रकम पाउने सिटी एक्सप्रेसले जनाएको छ ।

कम्पनीका अनुसार यस ‘१८औं वर्षमा १८ गुणा , परिवार माखुशी लाखौ गुणौें’ अफर असोज १ देखि मङ्सिर ३० गतेसम्म लागू हुनेछ । यो अवधि भरी सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने कम्पनीको भनाइ छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमाआफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १८वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

Leave a Reply