बेनीको बजार, जतामायाउतै छ नजर, किरेमिरे जाले रुमाल….।
बेनीबजारको मात्र होईन समग्र म्याग्दी जिल्ला कै पहिचान बनाएको यो गित नसुन्ने नेपाली सायदै होलान । यो गित गुनगुनाउदै गर्दा धेरैलाई धेरै कुराको याद आउला ।

कसैलाई सर्जक टिका बहादुर श्रेष्ठ त कसैलाई गायिका मन छन्त्याल श्रेष्ठ । कसैलाई परिचय दिन यो गित गाएको याद आउला त कसैलाई भ्रमणमा मादल ठोक्दै गित गाएको याद आउला । मलाई भने यो गित बच्दा होस् या गुनगुनाउदा बचपनको याद आउँछ । जब बुटवल टामनगर बसाइँ सरेका टिकाबहादुर श्रेष्ठ काकाको बेनीमा आगमन हुन्थ्यो अनि हाम्रै घरमा सांगेतिक माहोल रम्ने गर्दथ्यो ।

बुबा लक्ष्मीप्रसाद श्रेष्ठ, ठुलो दाजु सञ्जय कुमार श्रेष्ठ अनि थुप्रै अग्रजहरू हार्माेनियम र मादल लिएर बेनीको बजार, यो माया लाउने को होला मागेर खाने छ झोला, बेनीबजारमा बदाम पकापक, रेरे रेरे रेरे साइलो जस्तो गित गुञ्जन्यो अनित्यो खाष्टो भित्र हात घुसारेर लिएको आनन्द शब्दमा सायदै वर्णन गर्न सकिएला ।

हो, यिनै बेनीको बजार गितका सर्जक टीका बहादुर श्रेष्ठको जन्म २००२ साल बैशाख १४ गते म्याग्दी जिल्लाको सदरमुकाम बेनीबजारको संगमचोकमा भएको थियो । युवा अवस्था शिक्षण पेशामा संलग्न रहेका श्रेष्ठले शिक्षण पेशामै संलग्न २००८ सालभाद्र १५ गते म्याग्दी जिल्लाको कुइनेमंगले जन्मिएकी मन छन्त्यालसंग दोस्रो विवाह गरेका थिए ।

यिनै दम्पती मिलेर २०३१ सालमा बेनीको बजार गितलाई रेडियो नेपाल माटीका बहादुर श्रेष्ठको रचना संगित अनि मन छन्त्यालको स्वरमा रेकर्डिङ गराएपश्चात् रातारात सनसनी बनेको थियो ।

जतिबेला काठमाण्डौं पुग्न हिडे् लामो यात्रापार गर्नु पथ्यो त्यो समयमा काठमाण्डौ गएर स्वर परीक्षा पास गरेर एउटा महिलो गित रेकर्ड गराउनु आफैमा ऐतिहासिक र साहसकि कार्य थियो ।गित सुन्दापितृ सत्तात्मक देशमा एउटा नारीलाई चरलो र चौकाबाबाहिर ल्याउनगरिएको संघर्ष समेत झल्कन्छ ।

गित संगित, कला र साहित्यको क्षेत्रमा दशकौ समय विताएका श्रेष्ठदम्पतीलाई सन २००७ को क्षेत्रीय सम्मेलनमा म्याग्दी जेसीजले सम्मान गरेको थियो । त्यसपछि विभिन्न संघसंस्थाबाट दर्जनौं पटक सम्मानित श्रेष्ठ दम्पती मध्ये टीका बहादुर श्रेष्ठलाई २०७७ साल चैत १२ गते हामीले गुमाउन पुग्यौं ।

भौतिक रुपमा उहाँहामी बिच नरहे पनि बेनीको बजार जस्ता कालजयी गितको माध्यमबाट उहाँहामी बिच सधैं जिवन्त हुनुहुन्छ ।म्याग्दी जिल्लाको गित संगितको चर्चा गरिरहदा सालैजो भाकालाई सम्झनै पर्ने हुन्छ । अनियहि सालैजो भाकासंग जोडिएर आउने नामहो – खड्ग गर्बुजा ।

सालैैजो भाकालाई व्यवसायिकगर्ने पहिलो लोक गायकहुन् म्याग्दी जिल्ला मराङ जन्मिएका खड्ग गर्बुजा । खड्ग गर्बुजालाई स्मरण गर्दा धेरैलाई पानीखायो बाघैले नामक सालैजोे, हेर्दा हेर्दै कान्छीले सोले डाडा काट्यो मायाले, सुन मुरलीलाई सुन चादिले बाधुला, सिसा झ्यालैमा, बुट्टे चोलिमा जस्ता दर्जनौं हितलोक तथा दोहोरी गितहरूको याद आउला मलाई भने उहाँको यादले बचपन मै पुर्याउदछ ।

उहाँले पिर्कामा गुड्कदै निगालाबाट बनेको पिपिराहरू जडित मौरी बाजा अनि मुरली र बासुरी बजाउदा उहाँकै गित संगितको तालमाहामी गुच्चा, भुरुङ अनि एकखुट्टे खेल्थ्यो । जीवनमा लाहुरे बन्न सपना देखेका गर्बुजाले अकल्पनीय घटनाको सामना गर्नु परे पश्चात् उनको जीवन गित संगिततर्फ मोडिएको थियोे । २०४७ सालमा दुःखको भुमरीभन्ने गित रेकर्डिङ गराए पश्चात् कहिल्यै पछि फर्केर हेर्न नपरेका बिबाहित गर्बुजाले गितसंगितको क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान बनाएका छन् ।

प्रबल गोरखा दक्षिण बाहु चौथोबाट सम्मानित गर्बुजालाई म्याग्दी जेसीजको सिफारिसमा नेपाल जेसीजबाट युवा पुरस्कारबाट सम्मान गरेको थियोे । एउटा अपांगताभएको व्यक्तिजसले काठको पिर्कामा गुड्केर आफ्नो कला पस्कन्थे, जसलाइृ हामीले चौतारीमा बसेर घण्टौ सुन्थ्यौ, उनै गर्बुजा अहिले लोक गित संगितको क्षेत्रमा बिर्सनै नहुने नाम बनेको देख्दागर्वले छाति चौडा हुन्छ।

म्याग्दी जिल्लाकायी लोक गितका ताराहरू र यीनैका चर्चित दुई गीत बेनीको बजार किरेमिरे जालेरुमाल र पानीखायो बाघैले सालैजो जसलाई चिनाउन पर्दैन तर बेनीबजार र म्याग्दी जिल्लालाई बिश्वभर चिनाए । यी दुई गीतको नयाँ स्वादमाम्युजिक भिडीयो म्याग्दी जेसीजको संयोजन एवम् प्रस्तुती र डीके चोचाङ्गे पुनको निर्देशनमातयार भएको छ ।

म्याग्दी जिल्लाको मराङ जन्मिएका गित संगित र नृत्यमा रुचि राख्ने एक युवा डिके चोचाङ्गे पुनको यो साहसलाई सम्मान गर्ने पर्छ ।निर्देशनमा क्षेत्रमा एक प्रतिभाशाली र आशलाग्दो युवाको आगमनभएको आभाष भएको छ ।

जति बेलायीगितहरू बने त्यतिबेला अडियो अर्थात सुन्न मात्र सकिन्थ्यो । अहिले समयको मागअनुसार दुबै गितलाई प्रविधियुक्त बनाएर दर्शक श्रोता सामु हेर्न मिल्ने बनाउन अहोरात्र मेहनत गर्नुहुने निर्माण टिम, कलाकार र सहयोग दाताहरू धन्यवादकापात्र हुनुहुन्छ ।बेनीको बजारमा रामचन्द्र काफ्ले र समीक्षा अधिकारीले पूनः स्वर दिएका छन् ।

चर्चित मोडेलहरू गम्भीर विष्ट र अञ्जलीअधिकारीको मुख्यअभिनय रहेको यस गित बेनीबजारको मुटु बिरेन्द्र चोक, कालीपुल, बराहपाखो त्यस्तै गलेश्वर मन्दिर र लब्लीहिलमा छायांकन गरिएको छ ।

सालैजोमा खड्ग गर्बुजात्यस्तै मिना गर्बुजा, नितापुन र मिरा मगरले पुन स्वर दिएका छन् । सालैजो किङ मानिने छमछमी सिजन ३ का विजेता शेखर घर्ती र मिलनथापा मगर अनिम्याग्दी जेसीजकापूर्व अध्यक्ष जेसी खम थापामगरको मुख्यअभिनय रहेको छ ।

म्याग्दी जिल्ला पात्लेखेत वाखेत निवासी मिलनथापा मगर मिस मगर नेपालको विजेता समेत हुन्। केहीदिन अघि मात्र अध्ययनको सिलसिलामा युके पुगेका थापाको साथमा म्याग्देली कलाकारहरूले साथ दिएका छन् । रत्नेचौरको अर्जममा छांयांकन गरि स्थानीय परिवेशलाई विशेष महत्त्वका साथ झल्काईको छ । दुबै गितमा ५० जनाभन्दा बढी विद्यालय स्तरका कलाकारहरूले नृत्य प्रस्तुत गरेका छन् । यिनै कलाकारहरूमा गम्भीर र शेखर जस्ता अञ्जली र मिलन जस्ता प्रतिभा र अनुहार देखिरहेको आभाष हुन्छ ।

छायांकनमा सुन्दरी नगरी बेनीबजारको साथमा धार्मिक र पर्यटकीय स्थलहरूको प्रचारप्रसार गरिएको छ । जातिय भेषभुषाहरूको विशेष प्रवर्द्धन गरीएको छ । फेरि एकपटक म्याग्दीलाई विश्वसामु चिनाउने जमर्को गरेको छ । स्वर्गीय टिकाबहादुर श्रेष्ठ, मन छन्त्याल श्रेष्ठ र खड्ग गर्बुजालाई स्मरण गर्दै यीगीत र म्युजिक भिडीयोले सबैको मन जितोस । बेनीबजार र म्याग्दीजिल्लालाई फेरी सबैको अाँखा र कानहुदै मन मस्तिष्कमा राख्न सफलहोस। कालजयीबनोस्,शुभकामना।

Leave a Reply