लोपोन्मुख अवस्थामा पुगेको थाली नाँच संरक्षण र पुस्तान्तरणको लागि म्याग्दीमा पहिलोपटक आयोजित अन्तर विद्यालयस्तरीय थाली नाच प्रतियोगिता आयोजना गरिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट पाँचदशक अगाडी सुुरू भएको थाली नाचमा नयाँ पुस्ताको आर्कषण बढाउन सामाजिक विकास कार्यालय म्याग्दी र म्याग्दी जेसिजले आयोजना गरेको प्रतियोगितामा सदरमुकाम बेनीस्थित बेनी आवासीय मावि प्रथम भएको छ । प्रतियोगितामा माउण्ट एभरेष्ट आवासीय मावि द्धितिय, डनिङ आवासीय मावि बावियाचौर तृतिय भएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने विद्यालयले क्रमश १५ हजार, १० हजार र ५ हजार नगद,ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्वमन्त्री रेशमबहादुर जुग्जाली, प्रदेशसभा सदस्य हरि भण्डारी, कार्यालय प्रमुख रमेश थापा,नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञजय कुमार श्रेष्ठ, अध्यक्ष दिनेश बानियाँ, लोकप्रिय गायिका मन छन्त्याल श्रेष्ठ,म्याग्दी जेसीजका प्रतियोगिता संयोजक डिके चोचाङ्घी पुन लगायतले सम्मान गरेका थिए ।

प्रतियोगितामा जिल्लाभरका १० विद्यालयको सहभागिता रहेको थियो।हातमा थाल राखेर हत्केलाले घुमाइघुमाइ नचाएको र नाचेको दृष्य निकै रोचक हुन्छ । सावधानीपूर्वक गरिने नृत्य मौलिक, आकर्षक र संयमित हुने अहिले विश्वभर यो नाच लोकप्रिय बन्दै गएको छ। वि.सं २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत र वि.सं. २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थाली नाच राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो ।

हिरामायाँ पुन र धनकुमारी थापासहितको ४ जनाको टोलीले वि.सं. २०४२ मा वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय लोक नृत्य प्रतियोगितामा सामूहिक थाली नृत्य प्रस्तुत गरेर प्रथम स्थान हासिल गरेको थियो । वि.सं. २०३५ मा शान्ति पुन र थापाले थाली नाचसम्बन्धी गीत पनि स्वरांकन गराएका थिए । म्याग्दीमा नयाँ पुस्तालाई थाली नाचमा अभ्यास गराउन तालिम सहित प्रतियोगिता हुन थालेपछि अगुवाहरू समेत उत्साहित छन् ।

Leave a Reply