लोकप्रिय गीत बेनीको बजार, जता माया उतै छ नजर‘की रचनाकार एवम् गायिका मना छन्त्याल श्रेष्ठलाई म्याग्दीको सदरमुकाम बेनीबजारमा शनिबार एक समारोहका बिच सम्मान गरिएको छ ।

सदरमुकाम बेनीबजारस्थित बिरेन्द्रचोक टोल विकास संस्थाले पाँचदशक अगाडी गीतसंगीतमार्फत म्याग्दीको सदरमुकाम बेनीबजारलाई चिनाउन सफल भएको भन्दै टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठ, निर्वतमान अ अध्यक्ष दलप्रसाद श्रेष्ठले सम्मानपत्रले सम्मान गर्नुभएको छ ।

सम्मान कार्यक्रममा गायिका छन्त्यालले बेनीबजारबासीले सम्झिएर सम्मान गरेकोमा उत्साहित भएको बताउनुभयो । उहाँले गीत अहिलेसम्म पनि चर्चामा रहेकोमा पूर्णरुपमा सन्तुष्ट रहेको बताउनुभयो ।

विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलोपटक सार्वजनिक भएको गीत २०३१ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो।

गीतका संकलनकर्ता स्वर्गीय टिका बहादुर श्रेष्ठ र धर्मपत्नी समेत रहेकी गायिका मना छन्त्याल श्रेष्ठको तस्वीर पेन्टिङ समेत गरिएको छ । म्याग्दी जेसिजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गरेको छ । उक्त गीत शनिबार नै बिमोचन गरिदैछ ।

Leave a Reply