लोकप्रिय गायक प्रकाश दुतराज पहिलोपटक सांगीतिक टुरका लागि यूरोप पुगेका छन् । पछिल्लो आधादशक यता लगातार चर्चित गित पस्किदै आएका गायक दुतराज मोना क्रोसियाको निमन्त्रणमा यूरोप प्रवेश गरेपछि उनलाई पहिलोचरणमा यूरोपका ७ देशका ८ स्थानमा कार्यक्रम तय भएको थियो ।

क्रोसियाको कार्यक्रम सकेर पोर्तुगल पुगेका गायक दुतराजलाई मोना पोर्तुगलले स्वागत गरेको थिए । उनको पोर्तुगलमा १५ र २२ सेक्टेम्बरमा सांगीतिक कार्यक्रम रहेको छ भने नर्बे, स्पेन, जर्मन, माल्टा र बेल्जियमसम्म ३० सेक्टेम्बरसम्मको कार्यक्रमको तालिका बनेको बताए ।

‘यसपटकको यात्राको सुरुवातबाटै राम्रो भइरहेको छ, थप कार्यक्रमहरुका लागि समेत छलफल भइरहेको छ’ गायक दुतराजले बेनीअनलाइनलाई भने । नेपाली समुदायको बाक्लो उपस्थिति रहेका सहरहरुमा पुग्ने बताए ।

म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका यूवा चर्चित गायक प्रकाश दुतराजले सामाजिक एवम् मानवीयाको सवालका गीतहरुमार्फत दर्शकको मन तिजेका छन् । उनका गीत बालबालिका देखि बृद्धबृद्धासम्मको जिब्रोमा उनको गीत गुन्जिन्छ।

जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, रिमै, बादी महिलाहरुका बारेमा तयार गरेको गीत छन् । उनका चर्चित गीतहरु करोड क्लवका छन् ।

यूवापुस्ताको रोजाईमा परेका दुतराजको हरेक गीतमा मौलिकता झल्किने गर्छ। उनका हरेक रचनामा फरक स्वाद हुने भएकाले नै संगीतका पारखीले उनलाई नै खोज्छन्। साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किने भएकाले नै लामो समयसम्म जिब्रोमा भुण्डिने गरेको छ ।

Leave a Reply