शब भेटिएको करिब एक महिनापछि आज बुधबार म्याग्दीको बेनी नगरपालिका–९,तोरीपानीकी १९ वर्षीया मीना परियारका अन्त्येष्टि गरिने भएको छ । गत बर्षको पुस १६ गते राति वेपत्ता भएकी परियारको हत्याका मुख्य आरोपी सहित पाँचैजनालाई पुर्पक्षका लागि कारागार चलान गरिएपछि प्रारम्भीक न्याय पाएको भन्दै परिवार र संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले मीनाको अन्त्येष्टि गर्ने भएका हुन् ।

मृतक मीनाको शब बेनी अस्पतालको शबगृहमा राखिएको छ । उनको शब साढे १० बजे कालिगण्डकी नदीमा अन्त्येष्टि गरिन संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका प्रेमी नेपालीले बताए । मीनाको शव (कंकाल) साउन २७ गते म्याग्दी बेनी नगरपालिका वडा नम्बर ९ आँखेत कालीमुलको जंगलमा गाडिएको अवस्थामा फेला परेका थियो।

मृतक परियारको हत्यामा संलग्न खत्री, मुख्य अभियुक्तकी आमा ४५ वर्षीया रेणु खत्री, दाई विक्की खत्री, भाई श्याम खत्री, सालो नाता पर्ने २३ वर्षीय रोजन खत्री र २३ वर्षीय श्याम खत्रीलाई घटनामा संलग्न छैन भन्ने पुष्टि हुन सक्ने आधार नभएकाले पुर्पक्षमा राख्ने आदेश भएपछि शब अन्तेष्टी गरी आन्दोलनको स्वरुप समेत परिवर्तन गरिने दलित अगुवाले बताएका छन् ।

मृतक परियारको डिएनए परीक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको रिर्पोट बाहेक अन्य सबैमा हत्या नै भएको देखिएको थियो ।

मुख्य अभियुक्त खत्रीलाई कर्तव्य ज्यान मुद्दामा हदैसम्म अर्थात सर्वस्व सहित जन्म कैद सजाय तथा अन्य अभियुक्तलाई समेृत ज्यान सम्बन्धि कसुर अन्तरगत ज्यान मार्ने वा मार्न सघाएको अभियोगमा हदैसम्म अर्थात आजीवन कारावास सजाय माग गरिएको छ। मीना बेपत्ता भएपछि निरन्तर परिवार र दलित संघसंस्थाले चरणबद्ध आन्दोलन गरेका थिए ।

Leave a Reply