Nirmal 'Mims' Purja on top of Mt Dhaulagiri. Courtesy: Project Possible

प्रख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थात ुनिम्सदाईु ले सगरमाथामा डोरी काटिएको छानबिन प्रकरणमा नेपाल सरकारलाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले समग्र पर्वतारोहण समुदायको सुरक्षामा सरकारको पारदर्शिता र प्रतिबद्धताप्रति आभार प्रकट गरेका हुन् ।

केही समयअघि सगरमाथामा डोरी काटिएको घटनाबारे भ्रम फैलाएको आरोप पुर्जामाथि लागेको थियो। पर्यटन विभागले यस घटनाको छानबिन गर्ने घोषणा गरेको थियो, र अहिले घटनाको छानबिन सकिएर आएको प्रतिवेदनमा पुर्जालाई दोषी नरहेको भन्दै औपचारिक पत्र प्रदान गरिएको छ। विभागले पुर्जालाई घटनामा सचेत गराउँदै आरोहीहरुको सुरक्षाप्रति गम्भीरता देखाएको छ ।

उनले उक्त घटनाको छानबिन सकिएर बिभागबाट पत्र पाएको उल्लेख गर्दै सबै आरोहीको सुरक्षामा सरकारको प्रतिबद्वताप्रति धन्यबाद दिंदै आफ्नो सामाजिक संजालमा लेखेका छन्

Nirmal Purja and Mingma David at the Annapurna summit

नेपाल सरकारको सत्यको पक्षमा दृढ प्रतिबद्धता र हाम्रो पर्वतीय समुदायको सुरक्षाका लागि म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। सगरमाथामा डोरी काटिएको घटनाको सन्दर्भमा मैले र मेरा साथी आरोहीहरूले सुरक्षित र पारदर्शी पर्वतारोहण सुनिश्चित गर्न गरेको प्रयासलाई सरकारले साथ दिएको छ। मलाई यो घटनाको छानबिन पश्चात औपचारिक पत्र प्रदान गरिएको छ। म सत्यको समर्थन गर्ने सबै प्रवातारोही साथीहरुलाई नमन गर्दछु , विशेष गरी दुई पटक १४ शिखर आरोहण गरेका सानु शेर्पाजस्ता प्रमुख आरोहीहरूप्रति पनि अत्यन्तै आभारी छु।

यस्तो चुनौतीपूर्ण अवस्थामा आफू र अरू हजारौं गाइड र आरोहीहरूको जीवन जोखिममा राखेर उठाएको आरोहीको सुरक्षाको सवालमा सरकारको साथ अनिवार्य थियो नै । यो सामूहिक प्रयासले देशको अर्थतन्त्र स्वाभिमान र उन्नतिलाई उचाईमा पुर्याउने छ। तपाईंहरू सबैको निरन्तर समर्थनको लागि धन्यवाद

गत मे महिनामा सगरमाथा आरोहणको क्रममा क्याम्प ४ र बालकुनीको बीचमा डोरी चुँडिएको थियो। यस घटनामा उपस्थित अन्य शेर्पा गाइडहरूले समेत डोरी चुँडिएको साँचो भएको पुष्टि गरेका थिए। यो घटनाका कारण पुर्जाको एक विशिष्ट क्लाइन्डले आफ्नो आरोहण रद्द गरी स्वदेश फर्कनुपरेको थियो।

छानबिनपछि विभागबाट पत्र प्राप्त गरेपछि पुर्जाले आफ्नो पोस्टमा सगरमाथामा डोरी काटिएको घटनामा प्रश्न उठाउनुको कारण समग्र पर्वतारोहण समुदायको सुरक्षा रहेको उल्लेख गरेका छन्। उनका अनुसार, यो घटनापछि नेपाल सरकारले देखाएको गम्भीरता पर्वतारोहणको भविष्य र सुरक्षामा महत्वपूर्ण छ।

यसअघि, पुर्जाले हिमाल आरोहणमा सबैको सुरक्षालाई महत्त्वपूर्ण भन्दै, हिमालमा राजनीति गर्नु दुःखद भएको बताएका थिए। त्यो बेला उनले भिडियो सार्वजनिक गरेपछि पर्यटन विभागले आपत्ति जनाउँदै छानबिनको प्रक्रिया अघि बढाएको थियो। अहिले, छानबिन प्रतिवेदनले पुर्जाको भनाइलाई समर्थन गर्दै उनलाई दोषमुक्त गरेको छ।
पर्यटन विभागका प्रवक्ता काली बहादुर भुजेलका अनुसार, सगरमाथामा डोरी काटिएको घटनाको छानबिन समाप्त भएको छ। यस घटनामा आरोहीहरुले उठाएको

सुरक्षाको सवालमा सरकार गम्भीर भएर अगाडी बढ्ने छ । पर्वातारोहण क्षेत्रलाई सुरक्षित नियमन गर्ने तर्फ सरकारको जोड रहेको बिभागले जनाएको छ।सरकारले नेपालको हजारौं पर्वत गाइडहरू र आरोहीहरूको सुरक्षा सुनिश्चित र यस क्षेत्रलाई नियमन गरे आरोहणका लागी आउने पर्यटकको संख्या बढ्नेछ यसले नेपालको पर्यटन उद्योगलाई थप समृद्ध बनाउन मदत पुग्छ।

Leave a Reply