मिस मगर नेपाल–२०२४ को उपाधि म्याग्दीकी क्रिस्टिना पुन मगरले जितेकी छिन् । निट डेन्टल केयर प्रिजेन्ट्स सातौं संस्करणमा म्याग्दीको रघु्गंगा गाउँपालिका–३, दग्नामकी क्रिस्टिनाले अन्य १० प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि चुमेकी हुन् ।क्रिस्टिना पुन मगर

पोखराको होटल ग्राण्डमा शनिबार सम्पन्न भएको प्रतियोगितामा रघुगंगा–१ बेगखोलाकी आशिका गर्बुजा मगर फस्ट रनरअफ र सेकेन्ड रनरअफमा धवलागिरी गाउँपालिका–४ मुदीकी नरिशा पुन मगर घोषित भएकी छन् ।

आशिका गर्बुजा मगर

एसटी क्रियसन म्यानेजमेन्टको आयोजना तथा नेपाल मगर संघ कास्कीको संरक्षकत्वमा आयोजना भएको प्रतियोगितामा यसपटकको उपाधी म्याग्दीमय भएको नेपाल मगर जिल्ला समन्वय समिति म्याग्दीका सचिव हिरा पुनले बताए ।नरिशा पुन मगर।

‘यो उपाधी जित्ने सबै प्रतियोगिलाई धन्यवाद,जिल्लामा स्वागत तथा सम्मान समेत गरिनेछ’ सचिव पुनले भने । म्याग्दी जिल्ला मगर समुदायको बाहुल्यता भएको जिल्ला हो । मगर समुदायले भाषा, संस्कार, संस्कृति र रहन–सहनलाई संरक्षण तथा प्रर्बधन गर्न विभिन्न कार्यक्रमहरुमार्फत नयाँ पुस्तालाई सक्रिय बनाउने गरेका छन् ।

मिस मगर २०२२ को बिजेता समेत बेनी नगरपालिका वडा नं १० पात्लेखेतकी मिलन थापा मगर हुन् । फिनालेमा नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरी लगायतको सहभागिता रहेको थियो ।

 

Leave a Reply