अविरल झरी र मध्यरातमा आएको बाढीले बगाएर बागलुङमा तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका वडा नंं ५ को बान्द्रेमा बिहिवार राती सा“ढे १२ बजे आएको बाढीले मोटरसाइकल र स्कुटर बगाएर उनीहरुको मृत्यु भएको हो ।
ध २ प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरको स्कुटर बगाएको प्रहरीले बतायो । घटनामा परेर बानपा ५ बान्द्रेका २३ बर्षिय अर्जुन सापकोटा, स्थानीय २२ बर्षिय अविषेक रेग्मी र २० बर्षका कमल सापकोटाको मृत्यु भएको प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बाढीले बगाएर तीन सय मीटर तल उनीहरुको शव भेटिएको थियो दुइजनाको शव रातीनै भेटिएपनि २० बर्षिय कमल सापकोटाको शव बिहान मात्रै भेटिएको हो । स्थानीयबासी र प्रहरी टोली खोजीमा सक्रिय थिए । बिहिवार बेलुकी ७ बजेदेखि निरन्तर बर्षात भएकोले उद्दारमा समेत कठिनाइ भएको पौडेलले जानकारी दिए । मृतकको पोष्टमार्टमकालागि शव धौलागिरि अस्पताल ल्याइएको छ ।

तस्बिर : जिप्रका, बागलुङ

Leave a Reply