वैदेशिक रोजगारीका सिलसिलामा कतार आएका म्याग्दीका हरि बहादुर विकको निधन भएको छ l आठ महिना पहिले कतार आएका धवलागिरि गाउँपालिका- २ लुलाङ् म्याग्दीका ३१ वर्षीय विकको कार्यस्थलमा बिजुलीको करेन्ट लागेर निधन भएको हो lनेपालबाट हेभी ड्राइभर भिसामा श्रम सम्झौता गरेर कतार आएका उनको अगस्ट २१ तारिक बिहान सवा ९ बजे बजे मृत्यु भएको थियो l

विकको सब आज बिहीबार साँझ सबै कानुनी प्रक्रिया पुरा गरी नेपाल पठाउन लागिएको जानकारी मोना आइइसिका कोषाध्यक्ष तथा मोना कतारका प्रमुख सल्लाहकार नरेन्द्र फगामीले मध्यान्ह राष्ट्रिय दैनिकलाई जानकारी दिए l फगामीले कम्पनी मार्फत मृतकले पाउनु पर्ने सम्पूर्ण रकम कम्पनीका अधिकारीले मृतकको श्रीमतीको गरिमा विकास बैकमा रहेको खातामा जम्मा गरिसकेको बताए l

म्याग्देलीको निधनले सिङ्गो मोना कतार परिवार स्तब्ध रहेको बताउँदै अध्यक्ष राजु पौडेलले विकको परिवार सँग समन्वय गरेर आवश्यक थप सहयोग उपलब्ध गराइने बताए l एक छोराका पिता समेत रहेका विकको निधनले परिवारमा पुगेको क्षतिमा दुख व्यक्त गर्दै पौडेलले कतारमा रहेका म्याग्देलीको हरेक दुख सुखमा संस्था साथमै रहेको र रही रहने प्रतिबद्धता व्यक्त गरे l मोना कतारको संरक्षकत्वमा स्थापित मोना कतार बहुउद्देश्यीय अक्षयकोषले पनि सहयोगको लागि हात बढाउन तयार रहेको कोषका अध्यक्ष विक्रम कार्कीले बताए l

Leave a Reply