पुनहिल घुम्न आउँदा वेपत्ता दुई स्पेनी पर्यटक मध्य एकको शव भेटिएको छ ।
अन्नपुर्ण गाँउपालिका वडा नं.९ तिखेढुङ्गा मौजा खोला नजिकै ९ गते करिब १ बजेको समयमा झोला, मोबाइल लगायतका सामान फेला परेको थियो । झोला हेर्दा विदेशी नागरिकको रहेको र दुई दिन पश्चात् अर्थात आज एक पर्यटकको शव खोलाको बिच भागमा अड्किएको अवस्थामा फेला परेको हो ।
३७ वर्षीय पुरुष एरिक सोलेर कासानोभस (पासपोर्ट नं. PAN072420) को पुरुष फेला परेको हो । यस्तै ३२ वर्षीय महिला MERCE MOLAS JUNCA (पासपोर्ट नं. PAQ122767) वेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले पुष्टि गरे ।