कतारको गृह मन्त्रालय मातहत रहेको ट्राफिक महानिर्देशनालयले नेपाली समुदायको लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ l गैरआवासिय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा बुधवार साँझ उक्त कार्यक्रम सम्पन्न भएको हो l करिब एक सय जना नेपालीहरूको उपस्थिति रहेको सचेतना कार्यक्रममा प्रतिनिधिहरूले ट्राफिक नियम मात्र बुझाएनन् उनीहरूले गाडीको कसरी सुरक्षा गर्न सकिन्छ भन्ने बारेमा समेत प्रस्ट पारे l

हरेक दिन गाडी स्टार्ट गरेर हिँड्नु पूर्व गाडीको पानी, वयल, टायरको हावा र गाडी मुनि केही छ कि चेक गर्नु पर्ने बताए l बाटोमा आफ्नो गतिलाई नियन्त्रण गर्दै आफू कुन लेनमा हिँड्ने र लेन चेन्ज गर्दा होस् या दायाँबायाँ मोड्दा समेत ट्राफिक साइन प्रदान गर्नु पर्ने र यदि त्यसो नगरेमा जरिवाना लागे जनाए l एक असल चालकले ५ देखी ८ सेकेन्डमा गाडीको सिसा हेर्नु पर्ने अधिकारीको भनाइ थियो l सवारी साधन चलाउँदा फोनमा बोल्दा लाग्ने जरिवानाबाट बच्न आग्रह गर्दै अधिकतम दुर्घटना हुने प्रमुख कारण फोनको प्रयोग रहेको हुँदा सचेत रहन सुझाव दिए l कतार सरकारले कुनै पनि कामदार ट्राफिकको कारबाहीमा परोस् भनेर नचाहेको हुँदा नियमहरूलाई पालना गर्न आग्रह गरे l

आफ्ना सवारी साधन लाइसेन्स नभएका साथीहरूलाई चलाउन दिनु पनि गैर कानुनी हुने हुँदा आगामी महिना सेप्टेम्बर १ देखि ट्राफिक जरिवाना परेका गाडीका मालिकहरू जरिवाना नतिरे कतारबाट हवाई तथा स्थल मार्ग बाट बाहिरिन नसक्ने जानकारी दिए l नो पार्किङमा पार्क गरेमा, गाडीमा फोन चलाउदॉ गलत बाटोबाट ओभरटेक या क्रस गरेमा ट्राफिक जरिवानामा छुट नहुने समेत स्पष्ट पारिएको थियो l आफ्नो पार्किङमा अरूले गाडी पार्क गरेमा, गलत बाटो बाट गाडी चलाएमा फोटो खिचेर मेट्रास २ बाट रिपोर्ट गरिदिन सकिने समेत जानकारी दिइयो l

फरक क्षमता भएका मानिसहरूको लागि छुट्टाइएको पार्किङमा समेत अरूले पार्क गरे जरिवाना लाग्ने हुँदा सचेत सुझाव दिए l ट्राफिक प्रहरी बाटोमा छैन भनेर जथाभाबी सवारी चलाउँदा सिसिटिभी र हाइ डेफिनेसन क्यामेराको निगरानी मार्फत कारबाहीमा पर्ने गरेको बताए l साना सवारी भित्र रहेका सबैले बेल्ट लगाउँदा दुर्घटना हुँदा पनि बच्न सकिने र बेल्ट लगाएमा ६० % भन्दा बढी मृत्युदर घट्ने बताए l

रेड लाइट बलेको बेला ट्राफिक सिङ्गल क्रस गर्दा दुर्घटना भई कसैको मृत्यु भएमा २ लाख रियाल, रातो बत्ती बलेको बेला क्रस गरेर ट्राफिक सिङ्गल या पोल भाँचेमा ३ लाख रियाल जरिवाना लाग्नेछ l साथै एम्बुलेन्सलाई छोडेको लाइनमा पछि पछि हिँडेमा पनि पाइन लाग्नेछ l अधिकारीले “मिस्टेक इफ अदर ड्राइभर ईज मेन रिजन अफ एक्सिडेन्ट अफ कतार’ रहेको हुँदा चनाखो हुन् आवश्यक रहेको जानकारी दिए l दुर्घटनाको फोटो भिडियो बनाएर सञ्जालमा पोस्ट गरेमा १० हजार रियाल, लाइसेन्स नभई चलाएमा- १ महिना देखी ३ साल सम्म जेल र १० देखी ५० हजार सम्म जरिवाना हुने जनाइयो l

गाडी भित्र किस गरेमा, अल्कोहल या ड्रग्स सेवन गरेमा, खाना खाएमा या खादै पिउँदै सवारी साधन हाँकेमा पनि जरिवाना लाग्ने जनाइयो l अत्यधिक गर्मीका कारण गाडीमा मोबाइलको चार्जर निकालेर छोड्न आग्रह गरे l कार्यक्रममा ट्राफिक हेड तथा फस्ट लेफ्टिनेन्ट मेस आल अल मारीले उपस्थित हरूको जिज्ञासाको सम्बोधन गरेका थिए भने वृत्तचित्र सहित फैसला अल हुवादिले उपस्थितलाई सहजीकरण गरेका थिए l नेपाली समुदायका तर्फबाट नेपाली नियोगका प्रथम सचिव कृष्ण पौडेल, परिषद्का कार्यवाहक अध्यक्ष कृष्ण पन्थी, एनआरएनए आइसीका उपाध्यक्ष राज रेग्मी, प्रोफेसर रमजान अलि मियाँ लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो l नेपाली नियोगका तर्फबाट पौडेल र नेपाली समुदायका तर्फबाट पन्थीले कतार सरकार र ट्राफिक महानिर्देशनालयलाइ आभार व्यक्त गरेका थिए भने पन्थीले एनसीसीले सचेतना कार्यक्रममा सिकेका कुरा कतारमा रहेका सङ्घ संस्था मार्फत श्रमिकहरू समक्ष पुराउने प्रतिबद्धता व्यक्त गरे l

Leave a Reply