म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा अवस्थित प्रसिद्ध धार्मिकस्थल ‘रिखार क्षेत्र’ प्रचारप्रसारको अभावले ओझेलमा परेको छ ।

संसारको सातौँ अग्लो धौलागिरि हिमालको काखमा रहेको पवित्र धार्मिकस्थल ओझेलमा परेको हो ।

सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखारमा जनै पूर्णिमाको दिन विशेष पूजाआजा हुने भएपनि अन्य समयमा भने भक्तजन र पर्यटकको आगमन शून्य हुने गरेको स्थानीयवासी बताउँछन् ।

तस्बिर हरिप्रसाद पौडेल

Leave a Reply