पर्यटन क्षेत्र तथा ओझेलमा रहेको पर्यटकीय, धार्मिक तथा सांस्कृतिक स्थलको प्रवर्द्धन गर्न म्याग्दीमा १ लाख धनराशीको खुल्ला फोटो प्रतियोगिताको आयोजना गरिएको छ। मोना अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा आगामी भदौ १५ गतेदेखि असोज १५ गतेसम्म डिस्कभर म्याग्दी फोटो प्रतियोगिताको आयोजना गरिएको हो ।

शनिबार म्याग्दी उद्योग वाणिज्य संघको सचिवालय र मोना अष्ट्रेलियाले संयुक्त रूपमा आयोजित कार्यक्रममा फोटोग्राफी मार्फत म्याग्दी जिल्लालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय पुरस्कार क्रमश १ लाख,५० हजार र २५ हजार कायम गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । ‘पर्यटन प्रर्बधनमा कोशेढुंगा सावित हुनेछ,देशभरबाट म्याग्दी जिल्लामा घुम्न आएका फोटोग्राफरलाई प्रतिस्पर्धा गर्न अनुरोध गछौं’ अध्यक्ष श्रेष्ठले भने ।

प्रतियोगितामा म्याग्दी जिल्लाभित्रका फोटो भदौ १ गतेदेखि १४ गतेसम्म ५ सय शब्द उल्लेख गरी पठाइसक्नुपर्ने,म्याग्दी जिल्लाको पहिचान झल्कने कुनैपनि तस्वीरहरु प्रतियोगितामा सहभागिता जनाउन पाउने लगायतका नियमहरू रहेको संयोजक बाबुराम पौडेलले जानकारी दिए ।

पत्रकार सम्मेलनमा मोना अष्ट्रेलियाका अध्यक्ष इन्द्र थापा मगर,पूर्व अध्यक्ष मुक्ती रोका, प्रबक्ता हिक्मत श्रेष्ठ, मिस नेपालकी प्रतिस्पर्धी ललिता शेरपुञ्जा, प्रायोजक स्टूडेण्ट भाइसका संस्थापक बद्री बरुवालले प्राकृतिक सुन्दरताको खानी म्याग्दी जिल्लाको पहिचानलाई फोटोको माध्यमबाट विश्वभर प्रवर्दधन गर्न सहयोग पु¥याउन प्रतियोगिताको आयोजना गरिएको बताएका थिए । प्रतियोगिताको विजेता आगामी असोज महिनाको १९ गते घोषणा गरिने छ ।

यस प्रतियोगिताले फोटोग्राफरलाई प्रोत्साहन तथा क्षमता उजागरसँगै पर्यटन प्रर्बधनमा नयाँ उचाई कायम गर्ने म्याग्दी उद्योग वाणिज्य संघका महासचिव नारायण घर्ती क्षत्रीले बताए ।गतबर्ष मोना अष्ट्रेलियाको आयोजनामा ‘नदेखिएको म्याग्दी ’नामक फोटो प्रदर्शनी तथा उत्कृष्ट विजेता अन्नपुर्ण गाउँपालिका–५ शिखका गणेश गुरुङ (सुरेन) सहितलाई सम्मान गरिएको थियो।

Leave a Reply