श्रीमान् श्रीमती एक रथका दुई पाङ्ग्रा हुन् । रथको दुइ पांग्राले मात्रै दिर्घकालिन र लामो यात्रामा सजिलै पार गर्न सकिन्छ । श्रीमानश्रीमतीको सम्बन्ध विवाहलाई जीवनको नयाँ सुरुवात मानिन्छ । तर, अहिले त्यही सुरुवात अदालतमा पुगेर तब अन्त्य हुन्छ, जब सम्बन्ध सकस बन्न थाल्छ ।

वैवाहिक रथलाई सन्तुलित र सधैं सुखी राख्न नसक्दा दम्पतीको रोजाइमा स्वतन्त्रता पर्न थाल्छ । पछिल्लो समय वैवाहिक सम्बन्ध कानुनी रूपमा अन्त्य गर्ने परिपाटी बढ्दो छ ।

आपसी असमझदारीपछि दम्पतीको रोजाइमा सम्झौताभन्दा बढी सम्बन्ध विच्छेद पर्न थालेको छ ।सतही रूपमा हेर्दा श्रीमान्–श्रीमतीबीचको बेमेल र असमझदारी नै सम्बन्ध विच्छेदको कारण हो ।

तर, गहिरिएर हेर्दा यससँगै जोडिएर आउँछ–आधुनिक जिवनशैली, सहरी क्षेत्रमा बसाईसराई, आर्थिक हिनामिना, कलिलै उमेरमा विवाह, घरेलु हिंसा, कलह, आशंका, अविश्वास, डिपेन्डेन्टमा विदेश र प्रेमि र प्रेमिकालाई श्रीमान र श्रीमती बनाउन झुक्काएर सम्बन्ध बिच्छेद गर्ने आदि ।

बाहिरबाट हेर्दा उदार र समझदार देखिने व्यक्तिका भित्री पाटो अदालतको उजुरीसम्म नदेखिए पनि उनीहरूको अनुदार स्वभाव असफल सम्बन्धमा देखिन्छ । सम्बन्ध विच्छेद नितान्त व्यक्तिगत रोजाइ हो ।

स्वतन्त्र जीवन रोजेकी महिलामाथि चुनौतीको पहाड तेर्साउन दम्पतीबाट सन्तान–परिवार–नातेदार हुँदै समाजलबाट नकारात्मक टीकाटिप्पणी सुरु हुन्छ घरभँडुवादेखि कमीकमजोरी केलाउने, विभिन्न आक्षेप लगाउन थालिन्छ जसका कारण शारीरिक, मानसिक र मनोवैज्ञानिक समस्या थपिदिन्छ । जिल्ला अदालत म्याग्दीको पछिल्ला दुई आर्थिक बर्षको तथ्याङ्क हेर्दा २० बर्षदेखि ७५ बर्षसम्मकाले सम्बन्ध बिच्छेद गरेका छन् ।

जिल्ला अदालत म्याग्दीको तथ्याङ्कमा आर्थिक वर्ष २०७९÷०८० मा कुल ६१८ मुद्दामध्ये ३५२ मुद्दा सम्बन्ध विच्छेदको दर्ता भएकोमा ३२९ फछ्र्योट भएको थियो भने आव २०८०÷०८१ मा कुल ५९२ मुुद्धामा सम्बन्ध विच्छेदका ३१७ थान रहेको देखिन्छ ।

सम्बन्ध विच्छेदको असर दम्पतीहरूका सन्ततिमा पनि उत्तिकै पर्छ । एकल अभिभावकसँग हुर्किनुपर्दा बालबालिकामाथि मनोवैज्ञानिक असर पर्छ । आमाबाबु दुबैबाट पाउनुपर्ने माया, साथ र सहयोगबाट वञ्चित हुँदा उनीहरूमाथि भावनात्मक चोट पुग्छ ।

समग्रमा बाललिकाकामा सम्बन्ध विच्छेदको प्रभाव राम्रो हुँदैन । मिल्नुपर्छ, झगडा गर्नुहुँदैन भन्ने पाठ सिकाउने अभिभावकले नै सन्तानलाई आफुँहरु मिल्न नसेकको देखाइरहदाँ अवश्य पनि दुःखी हुन्छन् । म्याग्दीमा बहुविवाहको त्रासले श्रीमान र श्रीमती दुबैले बैदेशिक रोजगारीमा जाने बाहना बनाएर प्रेमिप्रेमीकासँग नयाँ सम्बन्ध स्थापित गर्ने जालझेलले झनै डरलाग्दो अवस्था देखिएको छ ।

कुनै पनि सम्बन्धबाट अलग्गिनु, टुक्रिनु, बिछोडिनु सुखद हुँदैन भने दाम्पत्य सम्बन्धबाट बेग्लिनु पनि सुखद अनुभव पक्कै होइन। तर, सम्बन्धमा समभाव, सम्मान, विश्वासको खडेरी हुँदा यो बाध्यात्मक कदम बनेको छ ।

विवाह सम्बन्धलाई शब्दमाझैँ यथार्थमा सहयात्री हुन जरुरी छ जसका लागि प्रदूषणयुक्त पारिवारिक जीवन शैली बनाउन पति वा पत्नीले एक–अर्काका लागि जीवन नै सुम्पेको अवस्थालाई नै सम्मानजनक अवस्था बनाउँदै स्वतन्त्रतापूर्वक जिउने वातावरण बनाउनुपर्छ । बेनी साप्ताहिक पत्रिकाबाट साभार

Leave a Reply