नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा म्याग्दी प्रवासी नेपाली संघ मोना अष्ट्रेलिया क्षेत्रीय समिति मोना कुइन्सल्यान्ड शाखाको आयोजनामा पहिलोपटक तिज मेलाको आयोजना हुने भएको छ । आगामी सेक्टेम्बर १ तारिकमा प्रथम मोना कप कुइन्सल्यान्ड तथा तिज कार्यक्रम हुने आयोजकले जनाएको छ ।

रोजगार, ब्यापार, शिक्षा लगायत विभिन्न सिलसिलामा कुइन्सल्यान्डमा बसोबार गर्ने म्याग्देली बिचको सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन तथा नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धनका लागि भलिबल र तिज मेलाको आयोजना गरिएको अध्यक्ष रमेश रोकाले बताउनुभयो ।

‘हामीले पहिलोपटक भब्य मेलाको आयोजना गरेका छौ,‘ सबैको साथ र सहयोगको अपेक्षा गरेका छौ’ अध्यक्ष रोकाले भन्नुभयो । महिला र पुरुष भलिबल प्रतियोगितासँगै म्याग्दीका कलाकारहरु निशा केसी, झलक पुन, मिलन विश्वकर्मा र किशोर पुन लगायत अन्य कलाकारहरुको समेत प्रस्तुती रहने छ । चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङगतिहरू न्यून गर्दै जाने गरी कार्यक्रमबाट सन्देश प्रवाह गरिने मोना कुइन्सल्यान्डले जनाएको छ ।

Leave a Reply