मालिका गाउँपालिका–१ निस्कोटका तीनवटा बस्तीका एक सय ३४ घर विद्युतीकरण भएका छन् । पालिकाका साङबोट, खहरे, बतासे, घोर्सी, छिस, रिठेचौर र कोदालीवाङमा केन्द्रीय प्रसारण लाइनबाट बिजुली आपूर्ति भएको हो ।

मालिका गाउँपालिका–१ निस्कोटका वडाध्यक्ष टङ्कप्रसाद पुनले काम थालेको छ वर्षपछि वत्ती बालिएको बताए । उनले भने, “घोर्सी, छिसका ५७, साङबोट, खहरे, बातासेका ६४ र कोदालीबाङका १३ घरमा वर्षौँको प्रयासपछि बत्ती बलेको छ ।”

मालिका–१का चार सय ६८ का सबै घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा पुगेको वडाध्यक्ष पुनले बताए । यसअघि त्यहाँका बासिन्दालेरुमखोला लघुजलविद्युत् परियोजनाबाट विद्युत् उपभोग गर्दै आएका थिए ।

नेपाल विद्युत् प्राधिकण म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले मालिकाको वडा नं १, २, ३ र ४ वडाका पाँच सय ५० घरमा हालै विद्युतीकरण गरिएको जानकारी दिए । आव २०८०/८१ मा एक हजार चार सय ३८ उपभोक्ता थपिएका छन् । रासस

Leave a Reply