बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा भएका दुई पहिरोका घटनामा घाईते भएका दश जनालाई अझै अस्पताल पुर्याउन सकिएको छैन् । कठिन भुगोेल, बाढी पहिरो र निरन्तरको बर्षाका कारण घाईतेलाई १८ घण्टा बितिसक्दा समेत प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउन नसकिएको हो ।

बडिगाड गाउँपालिका र नेपाली सेनाको स्वास्थ्यकर्मीको समुहले घटनास्थलमानै प्राथमिक उपचार गरेको थियो । रातको समयमा घाईतेलाई बोकेर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पुर्याउन समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिए ।

घाईतेको उद्धारका लागि आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम स्थीत श्री २३ नं. बाहिनी अड्डामा रोकिएको छ । खराव मौसमका कारण हेलिकप्टर परिचालन गर्न नसकिएको उनले बताए । घाईते मध्ये दुई जनाको अबस्था गम्भिर छ । बुधबार बिहान मौसम खुलेपछि गम्भिर घाईतेलाई हेलि मार्फत काठमाण्डौ पठाउने र बाँकीलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र धौलागिरी अस्पताल बागलुङमा उपचार गरिने उनले बताए ।

Leave a Reply