बि.स २०७६ साल कात्तिकमा सम्पन्न भएको बंगलादेशमा भइरहेको एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबलको च्याम्पियनसिपको उपाधी जित्दा नेपाली महिला भलिबल टोलीको कप्तान अरुणा शाहीले गर्नुभएको थियो ।आजभन्दा साढे दुईदशक अगाडीसम्म अन्तराष्ट्रि«यस्तरका खेलहरूमा विजेताबिहिन भएको नेपाली महिला टोलीले पहिलोपटक सेन्ट्रल जोनको उपाधी जित्यो ।

महिला टोलीको नेतृत्व सम्हालेको केही महिनामै अरुणाले उपाधीको खडेरी तोड्दै १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा फाइनलमा प्रवेश गरी रजत पदक जित्न सफल भयो भने बि.स २०७८ साल पुस १३ गते सम्पन्न भएको दोस्रो एसियन सेन्ट्रल जोन महिला भलिबलमा उज्वेकिस्तानमाथि रोमाञ्चक जित हात पार्दै च्यालेन्ज कपको उपाधि रक्षा गरेको थियो ।

माथिका तीनवटा खेलमा अरूणाले मैदानमा देखाएको चमत्कारी नेतृत्व र खेलाडीको तालमेलका कारण महिला भलिबल टोलीको सर्वत्र चर्चा र प्रशंसा हुन थाल्यो । नेपाललाई सेमिफाइनलसम्म पुग्न समेत फलामको चिउरा चपाएजस्तै हुने नेपाली टोलीले अरुणाकै नेतृत्वमा भएका खेलमा निराश हुनुपरेको छैन।

अरुणाको मेहनत, टिमभित्र सहकार्य, खेलाडीलाई कप्तानभन्दा पनि खेलाडीकै ब्यवहार, बन्द प्रशिक्षणमा खेलमै केन्द्रित हुने गरेकाले पनि टिमका सदस्यले हातमा हात राखेर, काँधमा काँध जोडेर अगाडि बढेको देखिन्छ ।साधारण स्वभावकी अरुणामा कहिल्यै पनि कप्तानको धमण्डको छायाँ नदेखिएकैले निरन्तर कप्तानी त्यसमाथि पनि उपाधी नै उपाधी जित्ने अवसर समेत जुटेको छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

नेपाली खेलकुद जगतको सबैभन्दा प्रतिष्ठित र प्रतिक्षित एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डको उपाधी सहित दर्जनभन्दा बढी राष्ट्रियस्तरको उपाधी जित्नुभएकी अरुणा म्याग्दीको रघुंगंगा गाउँपालिका वडा नं ३ पिप्ले निवासी हुनुहुन्छ ।

सन् २०१४ मा नेपालमा आयोजना भएको माल्दिभ्ससँगको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेपछि लगातार मैदानमा हुनु’हुन्छ । विभागीय टोलीबाट अफरै अफर आउँदा समेत बाहिर बसेर खेल्नुभएकी अरुणाले गण्डकी प्रदेशस्तरीय खेलमा म्याग्दीको कप्तानी तथा राष्ट्रि«यस्तरका खेलमा गण्डकी प्रदेशबाट नेतृत्व गरी उपाधी जिताउनुभएको छ।

२० बर्षको अन्तराष्ट्रि«य पदकको खडेर तोडेजस्तै जारी काभा महिला नेसन्स लिगमा भारत र इरानलाई समेत पराजयको स्वाद चखाउन सफल भएको नेपाली टोलीले बुधबार हुने फाइनल खेलमा भारतलाई उपविजेता बनाएर घर पठाउने गरी तयारीमा जुटेको छ ।

नेपालले काभामा भारतलाई पराजित गरेमा अरुणाको कप्तानीमा रहेको महिला टिमको चर्चासँगै भलिबलमा नेपालले नयाँ उचाइ पाउने छ । मंगलबार इरानलाई सोझो सेटमै चमत्कारी खेल देखाएको नेपाली टोलीले अरुणाकै कप्तानीमा अर्को इतिहास रच्ने छ । ‘तयारी राम्रो भएकाले खेलमा हामीले जित्छौ, टोलीले उत्कृष्ट प्रदर्शन दिने छ,घरेलु समर्थकको राम्रो साथले पनि थप उर्जा थपिने छ’ कप्तान शाहीले भन्नुभयो ।

भारतजस्तै बलियो इरानलाई सोझो सेटमा पराजित गरेपछि नेपालसँग भारत झस्किएको छ । नेपाली टोलीमा अनुभवी खेलाडी सरस्वती चौधरी, सलिना श्रेष्ठ, सफिया पुन, निरुता ठगुन्ना, संगम महतो, पुनम चन्द, कामना विष्ट र उषा भण्डारी लिबेरो शान्तिकला तामाङ, मिडल ब्लकर कविता भट्ट, सेटर प्रगति नाथ, मिडल ब्लकर सुमित्रा रेग्मी र स्पाइकर आरती सुवेदीले पहिलोपटकमै प्रभाव छोडेको देखिन्छ ।

स्पाइकर प्रतिभा माली चोटका कारण र हाालै बिच भलिबलमा नेपाललाई उपाधी जिताएर फर्किनुभएकी म्याग्दीकै कमला पुन मैदान बाहिर भएपनि नियमित खेलमा पुगेर हौसला दिइरहनुभएको छ। प्रतियोगितामा सबैभन्दा बलियो टोली नै भारत भएकाले भारतलाई उपविजेता बनाएर महिला भलिबलमा अर्को गर्विलो इतिहास लेख्ने नेपाली टोलीको तयारी देखिन्छ ।

Leave a Reply