अमेरिकाको लस भेगास सहरमा आयोजित सुन्दरता प्रदर्शनी मेलामा ट्रेन्स फर ब्युटी एण्ड प्रशनल केयर रिकोसटीङ म्यानुफ्याकचरद्धारा उत्पादित कस्मेटिक सामानहरुको प्रर्दशनी गरिएको छ । सस्तो, स्तरिय तथा बहुउपयोगी ब्राण्डका रुपमा चिनिने उजोबा, निसा र ब्युटी क्लिनिक गरी तीनवटा ब्रान्डका सौन्दर्यसम्बन्धि सामग्री प्रर्दशनमा राखिएको छ ।

म्याग्दीको रघुगंगा गाउँपालिका–२ राखु भगवतीका प्रकाश कार्कीले स्थापना गरेको कम्पनीबाट उत्पादित ३ सय बढी उत्पादनलाई विश्वबजारमा फैलाउने उदेश्यले पहिलोपटक अमेरिकाको प्रर्दशनीमा सहभागिता जनाएको बताउनुभयो ।

‘हाम्रो उत्पादनलाई रुचाइएको छ, अब अमेरिकाका धेरै सहरहरुमा सजिलै सामानहरु पाइन्छ’ कम्पनीका कार्यकारी प्रमुख कार्कीले भन्नुभयो । अमेरिकामा सौन्दर्य उत्पादबारे उपभोक्तालाई सही जानकारी दिने र उत्पादन कसरी हुन्छ ? प्रयोगका क्रममा ध्यान दिनुपर्ने विभिन्न बिषयमा समेत प्रस्ट पारिएको कार्कीको भनाई छ ।

’हामी उपभोक्ता र अमेरिकामा बिक्री गर्ने बिक्रेताबीच दोहोरो संवाद व्यवस्था गर्नेछौं ।’ सिइयो कार्कीले भन्नुभयो । कम्यनीको मुख्य कार्यालय यूएईको अजमानमा क्षेत्रमा छ भने न्यू ट्रेन्स इन्टरनेशनल उद्योग पाकिस्तान, अल हिरा जेनरल ट्रेडिङ र फ्युचर ट्रेन्स कस्मेट्रीक म्यानुफ्याकचर कम्पनी रहेको छ। पाकिस्तान, यूएई र इराकमा रहेको कम्पनीबाट उत्पादन हुने बस्तु विश्वका २७ राष्ट्रमा बिक्री हुन्छ । अहिले नेपालमा समेत कम्पनीका हेयर स्ट्रट, फेसियल सेट, हेयर कलरिङ, फेस वास, फेस केयर सेट, बीबी क्रिम, सीसी क्रिम तथा सन स्क्रिन लगायत उपलब्ध छन् ।

कम्पनीले घरायसी दैनिक जीवनमा उपयोग हुने सरसफाई र सौन्दर्य सामग्रीको उत्पादन् गर्दै आएको छ । करिब ३ सय नेपाली र विदेशीलाई रोजगारी दिनुभएको छ ।

सकारात्मक सोच, इच्छाशक्ति र सफलताको सपनालाई साकार बनाउँदै २२ वर्ष अगाडि काम गरेको कम्पनीलाई नै प्रतिस्पर्धी बनाएर मालिक बन्न सफल भएका कार्की रोजगारको शिलशिलमा यूएई आउनुभएका म्याग्देली र नेपालीको प्रेरक बन्नुभएका कार्कीले विश्वबजारमा चलेको कस्मेटिक्स कम्पनी स्थापना गर्ने बताउनुहुन्छ ।

Leave a Reply