साउनको तेस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा पूजाअर्चना गर्न भक्तजनहरुको घुइँचो लागेको छ । साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको बार मानिने भएकाले आज शिवालयमा व्रतालु तथा श्रद्धालुको भीड लागेको हो ।

यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । यस दिन विशेषरुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ । नेपालमा सौरमास अनुसारका सोमबार नै व्रत गर्ने परम्परा छ । पशुपतिनाथ मन्दिरमा भने चान्द्रमास र सौरमास दुवै अनुसारका साउनको सोमबारका दिनमा भक्तजनको भीड लाग्छ ।

आजको दिनमा महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए । त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउनुहुने भनिएको छ । त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ ।

कसरी गर्ने सोमबार विशेष पूजा ?
शिव मन्दिरमा जानुहोस् र दियो र धूप बाल्नुहोस्। घरमा पनि पूजा गर्न सकिन्छ । नदी वा इनारबाट शुद्ध पानी ल्याउनुहोस्। बोरवेलको पानी पनि लिन सकिन्छ । यसमा गंगाजल र काँचो दूध (न तताएको) थप्नुहोस्। त्यसपछि शिवलाई अर्पण गर्नुहोस्। जल अर्पण गर्दा ओम नमः शिवाय मन्त्रको जप गर्नुहोस्। यसपछि देवतालाई चन्दन चढाउनुपर्छ । त्यसपछि बेलपत्र, धतुरो र मदारको फूल चढाउनुहोस्। यसका साथमा जे पनि पूजा सामग्री उपलब्ध छ, त्यसलाई भगवानलाई अर्पण गर्नुहोस् र ओम नमः शिवाय मन्त्रको १०८ पटक जप गर्नुहोस्। त्यसपछि प्रभुलाई मिठाईको भेटी बाँड्नुहोस्।

साउनको सोमबार भगवान शंकरको पूजा गर्नाले सबै प्रकारका रोगहरु हट्छ । यस दिन व्रत वा व्रत गर्दाको फल पनि छिट्टै मिल्छ । साउन सोमबारको शिव पूजा र व्रतले रोग निको हुने, मनोकामना पूरा गर्ने, प्रतिष्ठा र आयु वृद्धि हुने विश्वास गरिन्छ । साउन सोमबार गरेको दानले अनेकौं पुण्य प्राप्त हुने मान्यता रहि आएको छ । जसबाट जानीजानी वा नजानी सबै प्रकारका पापहरू पनि समाप्त हुन्छन्।

Leave a Reply