म्याग्दीको बेनी नगरपालिका-६,जामुनाखर्ककी घाँटीको क्यान्सर पीडित महिलालाई उपचारका लागि ४० हजारभन्दा बढी सहयोग गरिएको छ । बेनपा-५ चुत्रेनी हाल दक्षिण कोरियामा बस्ने बिनोद कुँवरले स्वर्गीय धर्मपत्नी लि जी ह्ँयूगको सम्झनामा पीडित देबी शाहीलाई ४० हजार ४४४ रुपैयाँ सहयोग गर्नुभएको छ ।

शनिबार बेनपा–५,भिरमुनीमा छोरीको घरमा बस्दै आउनुभएको शाहीलाई सहयोग हस्तान्तरण गदैं आगामी दिनमा श्रीमतिको सम्झनामा क्यान्सर पीडितको हितमा कक्षय कोष स्थापना गर्ने घोषणा समेत गर्नुभएको थियो ।

दुई महिना अगाडी कोरियामा लामो उपचारपछि दिबंगत हुनुभएकी धर्मपत्नीको नामबाट स्थापित हुने कोषले नेपालमा क्यान्सरबाट पीडितलाई विभिन्न किसिमको सहयोग प्रदान गर्ने लक्ष्य रहेको बेनपा–६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँले बताउनुभयो ।

सहयोग हस्तान्तण कार्यक्रममा बेनपा–५का वडा अध्यक्ष गोविन्द बानियाँ, निवर्तमान अध्यक्ष लक्ष्मण बानियाँ, म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष बेलबहादुर कटुवाल, पर्वतको जलजला गाउँपालिका–३ का निर्वतमान वडा अध्यक्ष रबी भण्डारी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजीकरण तथा सञ्चालन बेनपा–६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँले गर्नुभएको थियो । “पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्ने अवस्थामा थिए, यो सहयोगले राहत मिलेको छ’ पीडित शाहीले भन्नुभयो । नियमित घाँटीको चेकजाँच गर्नुपर्ने अवस्थामा विभिन्न क्षेत्रबाट प्राप्त सहयोगले सहज भएको छ ।

Leave a Reply