राष्ट्रिय परीक्षा बाेर्डद्वारा सञ्चालित कक्षा १२ काे परीक्षामा प्रकाश मावि बेनीका सन्दिप नेपाली जिल्ला प्रथम भएका छन् ।
उनले ३.७० जिपिए प्राप्त गरेका छन् । रेडक्रसले आयाेजना गरेकाे कविता विधामा राष्ट्रिय स्तरमा पुरस्कृत र हाजिरी जवाफ, गायन क्षेत्रमा उत्कृष्ट सन्दिप नेपाली कक्षा ११ र १२ मा विज्ञान विषय लिएर अध्ययनरत थिए । बुबा नगेन्द्र नेपाली र आमा सुनिता नेपालीकाे काेखबाट जलजला -३, पर्वत जन्मिएका सन्दिपले विद्याज्याेति मावि मल्लाजबाट एसईई मा ३.४० जिपिए सहित उत्तीर्ण भएका थिए ।
त्यस्तै प्रकाश मावि कै प्रविण सुवेदी ३.५८ जिपिए सहित जिल्ला तृतीय भएका छन् । कक्षा ११ र १२ मा विज्ञान विषय लिएर अध्ययन गरेका प्रविणले प्रकाश माविबाट एसइइमा ३.८५ जिपिए सहित सामुदायिक विद्यालय तर्फ जिल्ला द्वितीय भएका थिए । सन्दिप र प्रविणबाट राम्रो नतिजाकाे आश गरेका थियौ ।
उनीहरू लगायत धेरै विद्यार्थीहरूले राम्रो नतिजा ल्याउदा खुशी भएको संयोजक कविराम थापाले बताए । विज्ञान विषय सहितको कक्षा ११ र १२ सञ्चालनकाे लागि २०६४ सालमा महायज्ञ लगाइएको थियोे । प्रअ लेखबहादुर हमालका अनुसार शुरुआतदेखि नै अञ्चल र जिल्ला टप गर्दै आएकोमा अहिले पनि जिल्ला प्रथम सहितकाे नतिजाले सन्तुष्ट प्रदान गरेको बताउछन् ।
“जुन उद्देश्य लिएर महायज्ञ सञ्चालन गरि कक्षा सञ्चालन गरिएको थियोे, त्यसमा अडिक रहेको र उत्कृष्ट नतिजाले थप उत्साहित भएका छाैं”-विव्यस अध्यक्ष हरिकृष्ण श्रेष्ठ थप्नुहुन्छ-विज्ञान विषय अध्ययनका लागि जिल्ला बाहिर जानू पर्ने अवस्थाकाे अन्त गर्न चाहन्छौं । यसका लागि सहयोग गरिदिनुहुन सबै सराेकारवाला निकायहरूलाई अनुरोध पनि गर्दछौं । प्रकाश मावि विज्ञान विषय सहित सबैभन्दा धेरै विषय अध्ययन हुने एकमात्र विद्यालय हाे ।
भाैतिक सुविधा सहित भाैतिकशास्त्र, रसायनशास्त्र र जीवशास्त्रकाे छुट्टाछुट्टै प्रयाेगशालाहरू रहेको छ । ११ र १२ सञ्चालन भएदेखि नै उत्कृष्ट नतिजा ल्याउदै आएको छ । पछिल्लो समय प्रकाश मावि शैक्षिक, खेलकुद, नृत्य सहित अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बन्दै आएको छ । विद्यालयले एसइइमा ४.०० जिपिए ल्याउन सफल, लगातार दुई पटक राष्ट्रपति कप विजेता, जिल्ला स्तरिय भलिवल, लाेकनृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, निबन्ध लेखन लगायतका प्रतियोगिताहरुमा प्रथम हुन सफल भएको छ ।