नेपाल पत्रकार महासंघ म्याग्दीमा अध्यक्ष प्रकाश पौडेल यूकेमा सम्मानित हुनुभएको छ । विगत दुई सातादेखि यूकेको भ्रमणमा रहनुभएका अध्यक्ष पौडेललाई सामाजिक एवम् मानवीय सेवामा सक्रिय मद्धत समुह यूकेले एक समारोहका बिच सम्मान गरेको छ । मद्धत समुह यूकेले एक समारोहका बिच सम्मान गरेको हो ।यूकेमा बसोबास गर्ने नेपाली बृद्धबृद्धाको सेवामा सक्रिय रहेको मद्धत समुह यूकेका संस्थापक अध्यक्ष कमलनारायण पूर्जा सहितको टोली अध्यक्ष पौडेललाई कदरपत्र सहित सम्मान गर्नुभएको हो ।

सम्मान कार्यक्रममा बोल्दै समुहका अध्यक्ष पूर्जाले नेपाली बुबाआमाहरुको सेवामा सक्रिय रहेको समुहमार्फत गरिएका रचनात्मक कार्यहरुलाई सञ्चारमाध्यमले प्राथमिकता दिएको बताउनुभयो ।

सोही अवसरमा सम्माति हुने पत्रकार महासंघ म्याग्दीका अध्यक्ष पौडेलले यूकेमा रहेका म्याग्देलीहरु सामाजिक एवम् मानवीय सेवामा सक्रिय रहेको बताउँदै जन्मभूमिमा समेत मोना यूके लगायतका संस्थामार्फत शिक्षा,स्वास्थ्य लगायतका विकास निर्माणका क्षेत्रमा सहयोग गरेको बताउनुभयो। यूकेमा मद्धत समुहमार्फत नेपाली बृद्धबृद्धालाई आवश्यक विभिन्न किसिमको सहयोग सहित मृत्युबरणपछि अन्तेष्टी सहितका कार्यहरुमा समेत सहयोग गर्ने गरेको छ।

Leave a Reply