default

म्याग्दी प्रवासी नेपाली संघ (मोना),अन्तर्राष्ट्रिय कार्यकारी समितिको आसन्न नवौं वार्षिक साधारण सभा पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको केन्द्र बावियाचौर बजारमा हुने भएको छ । प्रवासी म्याग्देलीको साझा संस्था मोना आइइसीले आगामी अक्टोबर ४ र ५ अर्थात असोज १८ र १९ गते मंगला गापा-२, बाबियाचौरमा सम्पन्न गर्ने निर्णय गरेको महासचिव सुनेश केसीले बताउनुभयो । ‘स्थान छनौट गरेका छौ, अव साधारणसभाको तयारी हुन्छ, विश्वभरबाट म्याग्देलीको उपस्थिती हुन्छ’ महासचिव केसीले भन्नुभयो ।

मोनाले साधारणसभाका लागि विश्वभर रहेका राष्ट्रिय कार्यकारी समितिबाट प्रतिनिधित्व हुने गरी थप निर्णय तथा साधारणसभामा हुने गतिविधि लगायतका विषयमा समेत थप निर्णय गर्ने अध्यक्ष ददीवल खड्काले बताउनुभयो । ‘साधारणसभा स्थानीय तहमा गर्ने निर्णयलाई कार्यान्वयन गरेका छौ, मंगलाबासीबाट रचनात्मक सहयोगको अपेक्षा गछौं’ अध्यक्ष खड्काले भन्नुभयो । साधारणसभाको अवसरमा मंगला गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन तथा प्रचारप्रसारमा समेत सघाइने छ ।

Leave a Reply