CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 75

आजबाट विश्व स्तनपान सप्ताह सुरु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले घोषणा गरे अनुसार हरेक वर्ष अङ्गे्रजी महिनाको अगस्ट १ देखि ७ तारिखसम्म स्तनपान सप्ताह मनाउने गरिन्छ।

नेपालमा पनि स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ‘स्तनपानमा समानताः सबैको सहयोग र सहभागिता’ मूल नाराका साथ यस वर्षको स्तनपान सप्ताह मनाउन लागिएको हो।

बालबालिकालाई ६ महिना पूरा नभएसम्म आमाको दूध अनिवार्य रुपमा खुवाउनुपर्ने र पूर्ण स्तनपान गराउनुपर्नेमा विशेष जोड दिँदै स्तनपान सप्ताह मनाइन्छ।

तर, नेपालमा ६ महिनासम्म बालबालिकालाई पूर्ण स्तनपान गराउने आमाहरूको सङ्ख्या घट्दो क्रममा रहेकाले चिन्ता बढाएको छ। विशेषगरी शिक्षित आमाहरूमा नै पूर्ण स्तनपान नगराउने दर बढी रहेको मन्त्रालय अन्तर्गतको पोषण महाशाखाले जनाएको छ।

Leave a Reply