बलात्कार घटनाको आरोपमा रघुगङ्गा गाउँपालिका-२ का ३६ वर्षीय दिर्ग बुढाथोकीलाई २०८१ साउन १३ गते जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रहरीले पक्राउ गरेको छ । ४९ वर्षीया महिलालाई असार ८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरी अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण साउन १३ गते बेनी अस्पतालमा गरिएको प्रहरीले जनाएको छ । बुढाथोकी उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply