म्याग्दीको बेनीमा सक्रिय लायन्स क्लवद्धारा बेनी अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा १९ पिन्ट रगत सङ्कलन भएको छ । लायन्स क्लव अफ बेनी पिस सिटी, लायन्स क्लव अफ बेनी म्याग्दी र लायन्स क्लव अफ बेनी शिवालयद्धारा आयोजित रक्तदानमा लायनकर्मी र सर्वसाधारणले रक्तदान गरेका थिए।

रक्तदान कार्यक्रमको उद्घाटन गदैं लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बि आईका निर्वतमान गर्भनर चन्द्रकुमार केसीले म्याग्दीमा रक्तदानप्रति आर्कषण ह्वात्तै बढेको र नेपालमै धेरै रक्तदान गर्ने जिल्लाको रुपमा समेत स्थापित भएको बताउनुभयो । बेनी अस्पतालभित्र रहेको रक्तसंचार केन्द्रमा रगतको अभावकै कारण बिरामीको उपचारमा समस्या भएको जानकारी पाउँदा वित्तिकै रक्तदानका लागि दाताहरु तत्कालै पुग्ने गरेका छन् ।

म्याग्दीमा संकलन गरिएको रगत बागलुङ, पर्वत र कास्कीका बिरामीका लागि पठाउने गरिन्छ । निशुल्क रक्तदान र रगत प्रयोग गर्ने बिरामीले समेत अहिले शुल्क तिर्नुपदैन । डेढदशक यता रगतकै अभावका कारण म्याग्दीमा कुनैपनि बिरामीले मृत्युवरण गर्नुपरेको छैन् ।

रक्तदान कार्यक्रमको अध्यक्षता लायन्स क्लव अफ बेनी म्याग्दीका अध्यक्ष गौरीशंकर चौधरी, स्वागत लायन्स क्लव अफ बेनी पिस सिटीका अध्यक्ष बिरेन्द्र श्रेष्ठ र सञ्चालन लायन्स क्लव अफ बेनी म्याग्दीका शिव खड्काले सञ्चालन गरेका थिए । कार्यक्रममा लायन्स क्लव अफ बेनी शिवालयका अध्यक्ष लालबहादुर विश्वकर्मा सहितको लायन्सका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply